महामारी रोकथामको उपाय खोज्दै कांग्रेस, सातै प्रदेशमा अन्तरक्रिया थाल्दै « Khabarhub

महामारी रोकथामको उपाय खोज्दै कांग्रेस, सातै प्रदेशमा अन्तरक्रिया थाल्दै


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको महामारी बढ्दै गएपछि यसको रोकथाम तथा नियन्त्रणका उपायबारे नेपाली कांग्रेसले आज पार्टीका तल्ला तहमा अन्तरक्रिया शुरू गर्दैछ ।

सातै प्रदेशमा जुम प्रविधिमार्फत ‘कोभिड—१९ को अवस्था र कांग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया हुन लागेको हो ।

पार्टीको कोभिड—१९ अनुगमन समितिको आयोजनामा सातै प्रदेशमा अन्तरक्रिया हुन लागेको नेपाली कांग्रेसले जनाएको छ ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायत अन्तरक्रियामा सहभागी भएर कार्यक्रमको शुभारम्भ हुनेछ ।

कांग्रेस पार्टी कार्यालयका सचिव प्रेम केसीका अनुसार अन्तरक्रियामा प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य, पार्टीको क्षेत्रीय कार्यसमितिका सभापति, स्थानीय तहका सभापति तथा कांग्रेसका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षलगायतको सहभागिता रहनेछ । सबै प्रदेशको संयोजन कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले गर्नेछन्। उनी कोभिड—१९ अनुगमन समितिको संयोजक पनि हुन् ।

अन्तरक्रिया आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा हुनेछ भने सोमबार गण्डकी प्रदेश र वाग्मती प्रदेशमा गरिनेछ । यस्तै मंगलबार प्रदेश २ र  प्रदेश १ मा आयोजना गरिने केसीले जानकारी दिए ।

अन्तरक्रियापछि आउने निचोडलाई एकीकृत गरी सरकारलाई संक्रमण नियन्त्रणका लागि चाल्नु पर्ने थप कदमबारे सुझाव दिइने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ६ : ५५ बजे

दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङ बजारको सडक कालोपत्र गर्न थालिएको

गण्डकीका उत्कृष्ट कृषक सम्मानित

कास्की– गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच जना

रोनाल्डोको नियति: १६ वर्षअघिकै अवस्थामा स्पेनसँग हार्दै विश्वकपबाट बाहिरिए

काठमाडौँ – फुटबल इतिहासकै महान् खेलाडीमध्येका एक क्रिस्टियानो रोनाल्डोका लागि

अमेरिकालाई ४–१ गोलले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा बेल्जियम क्वार्टरफाइनलमा प्रवेश गरेको

सार्वजनिक लेखासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका तीनवटा समितिको बैठक आज