महामारी रोकथामको उपाय खोज्दै कांग्रेस, सातै प्रदेशमा अन्तरक्रिया थाल्दै | Khabarhub Khabarhub

महामारी रोकथामको उपाय खोज्दै कांग्रेस, सातै प्रदेशमा अन्तरक्रिया थाल्दै


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको महामारी बढ्दै गएपछि यसको रोकथाम तथा नियन्त्रणका उपायबारे नेपाली कांग्रेसले आज पार्टीका तल्ला तहमा अन्तरक्रिया शुरू गर्दैछ ।

सातै प्रदेशमा जुम प्रविधिमार्फत ‘कोभिड—१९ को अवस्था र कांग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया हुन लागेको हो ।

पार्टीको कोभिड—१९ अनुगमन समितिको आयोजनामा सातै प्रदेशमा अन्तरक्रिया हुन लागेको नेपाली कांग्रेसले जनाएको छ ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायत अन्तरक्रियामा सहभागी भएर कार्यक्रमको शुभारम्भ हुनेछ ।

कांग्रेस पार्टी कार्यालयका सचिव प्रेम केसीका अनुसार अन्तरक्रियामा प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य, पार्टीको क्षेत्रीय कार्यसमितिका सभापति, स्थानीय तहका सभापति तथा कांग्रेसका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षलगायतको सहभागिता रहनेछ । सबै प्रदेशको संयोजन कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले गर्नेछन्। उनी कोभिड—१९ अनुगमन समितिको संयोजक पनि हुन् ।

अन्तरक्रिया आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा हुनेछ भने सोमबार गण्डकी प्रदेश र वाग्मती प्रदेशमा गरिनेछ । यस्तै मंगलबार प्रदेश २ र  प्रदेश १ मा आयोजना गरिने केसीले जानकारी दिए ।

अन्तरक्रियापछि आउने निचोडलाई एकीकृत गरी सरकारलाई संक्रमण नियन्त्रणका लागि चाल्नु पर्ने थप कदमबारे सुझाव दिइने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ६ : ५५ बजे

आरजुले भनिन्- अवैध रूपमा विदेश पुगेका नेपालीबारे अध्ययन भइरहेको छ

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणाले अवैध रूपमा विदेश पुगेका नेपालीहरूका

इजरायली आक्रमणपछि इरानी राजगद्दीका उत्तराधिकारी : इस्लामिक गणतन्त्र फालौँ

काठमाडौं– इरानी राजगद्दीका उत्तराधिकारी रेजा पह्लावीले जनतालाई इस्लामिक गणतन्त्रलाई उखेलेर

‘खाडीमा महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउँछौँ’

काठमाडौं– सांसदहरूले खाडी मुलुकमा नेपाली महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय

कांग्रेसले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छ : देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले समावेशी लोकतन्त्रको व्यवहारिक

‘बाघ कराउने र बाख्रा हराउने सँगै’ भएपछि भण्डारीलाई तनाव

काठमाडौं – केमेडी नाइट विथ च्याम्पिनयका निर्देशक विशाल भण्डारीले सिंहदरबारस्थित