भारतमा कोरोना भाइरसको संक्रमण दर घट्दै « Khabarhub

भारतमा कोरोना भाइरसको संक्रमण दर घट्दै


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा एकसाता यता संक्रमितको दैनिक वृद्धिमा केही कमी आएको छ ।

लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३ लाख १० हजार ८२२ जनामा संक्रमण भएको छ । संक्रमितको यो संख्या शनिबारको तुलनामा करिव १६ हजारले कम हो ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।

दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा दैनिक संक्रमितसँगै परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिने दर पनि घटेको छ ।

मे ८ देखि १४ सम्ममा भारतमा परीक्षण गरिएकामध्ये १९.५ प्रतिशतलाई कोरोना देखिएको छ । त्योभन्दा अघिल्लो साता त्यो दर २२.४ प्रतिशत रहेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

मे ८ मा भारतभरि ३ लाख ९१ हजार नयाँ कोरोना संक्रमित थपिएका थिए भने शनिबार त्यो संख्या ३ लाख ५४ हजार थियो।

संक्रमितको दर घटे पनि मृत्युदर भने उल्लेख्यरुपमा घटेको छैन । अहिले पनि दैनिक चार हजारको हाराहारी संक्रमितको मृत्यु भइरहेको छ ।

पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या २ लाख ७०  हजार ३१९ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ७ लाख ८९ हजार ३८ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३६ लाख २३ हजार ७०८ छ ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ९ : ५५ बजे

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई

अकबरे खुर्सानी लगाउन व्यस्त भोजपुरका किसान

भोजपुर- भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्