शिक्षक महासंघद्वारा दोस्रो चरणको आन्दोलन कार्यक्रम सार्वजनिक | Khabarhub Khabarhub

शिक्षक महासंघद्वारा दोस्रो चरणको आन्दोलन कार्यक्रम सार्वजनिक


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

महासंघले आइतबार विज्ञप्ति जारी गर्दै आगामी जेठ ५ देखि १८ गतेसम्म दोस्रो चरणको आन्दोलन शुरु गर्ने जनाएको छ ।

दोस्रो आन्दोलनको पहिलो दिन जेठ ५ गते महासंघले अघि सारेका माग तथा समसामयिक विषयमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ र अर्थमन्त्री विष्णु पौडेलको ध्यानाकर्षणका लागि खुला पत्र पठाउने बुझाउने जनाएको छ ।

उक्त खुलापत्रलाई सोही दिन सबै शिक्षक कर्मचारीले सामाजिक सञ्जाल फेसबुकमार्फत शेयर गरेर महासंघलाई समर्थन गर्ने छन् ।

त्यस्तै ७ गते सबै शिक्षक,कर्मचारीले शिक्षा मन्त्री र अर्थ मन्त्रीको मोवाइल नम्बरमा शिक्षक तथा विद्यालय कर्मचारीलाई अविलम्ब कोभिडविरुद्धको खोप दिइयोस् र बालकक्षाका शिक्षक,कर्मचारीको तलव बृद्धि गरियोस् भन्ने नारालाई मसेज पठाउने जारी विज्ञप्तिमा भनिएको छ ।

जेठ ९ गते संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीका संसदीय दलका सचेतक तथा महासघंबीच महासंघबाट पेश भएका माग र समसामयिक विषयमा अनलाइन अन्तक्रिया तथा छलफल गर्ने जनाईएको छ ।

११ गते सबै शिक्षक तथा कर्मचारीले केन्द्रबाट बनाएको कालो स्टिकरमा राखिएका ६ वटा हाइलाइटेड माग लेखि छातिमा टाँस्ने र टाउकोमा कालोपट्टी बाँधेर फोटो खिचि उक्त फोटो आफ्नो फेसबुक पोस्ट गर्ने ।

त्यस्तै १३ गते हरेक शिक्षक तथा कर्मचारीले नेपाल शिक्षक महासंघले शिक्षामन्त्री समक्ष पेश गरेको विरोधपत्र, मागपत्र र सम्झौतापत्रका छायाप्रति आफू रहेको निवार्चन क्षेत्र भित्रका सघीय तथा प्रदेश सभाका माननीय सांसदहरुको इमेल तथा म्यासेन्जरमा पठाउने र १८ गते तेस्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ ।

महासंघले यसअघि पहिलो चरणको आन्दोलन कार्यक्रम गत वैशाख २० देखि ३१ गतेसम्मको लागि सार्वजनिक गरेको थियो । उक्त कार्यक्रममा पनि विभिन्न क्रियाकलाप गरेर महासंघले आफ्ना मागहरु राखेका थियो ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ११ : ४२ बजे

लन्डनमा कुलमानले भने- नेपालसामु क्षेत्रीय ऊर्जा केन्द्र बन्ने अवसर छ, त्यसकालागि सही नीति र नेतृत्व हुनुपर्‍यो

लन्डन– नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालसामु क्षेत्रीय

सडक भासिएपछि कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– सडक भासिएपछि कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला खण्ड अवरुद्ध भएको छ

सवारी दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

झापा– झापाको कनकाई नगरपालिका–८ बिरिङ पुल नजिक सवारी दुर्घटना हुँदा

राज्य व्यवस्था तथा सुशासन समिति सभापति न्यौपानेले शपथ लिँदै

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका नवनिर्वाचित सभापति ईश्वरी

बैंकिङ प्रणालीमा लगानीयोग्य पैसा थुप्रियो, राष्ट्र बैंकले ४५ खर्ब खिच्दै 

काठमाडौं– बैंकिङ प्रणालीमा लगानीयोग्य पैसा थुप्रिएको छ । बैंकबाट कर्जा