कोरोना नियन्त्रणमा केन्द्रित हुन प्रधानमन्त्रीलाई किरातीको अपिल | Khabarhub Khabarhub

कोरोना नियन्त्रणमा केन्द्रित हुन प्रधानमन्त्रीलाई किरातीको अपिल


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना नियन्त्रणमा केन्द्रित हुन प्रधानमन्त्री केपी शर्मालाई लेखक तथा जसपाका युवा नेता मिलनकान्छा किरातीले अपिल गरेका छन् ।

माइग्रेण्ट नेपाली युनियन एसिया प्यसिफिक कमिटीले आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘सत्ता, शक्ति संघर्षको संसदीय फोहोरी खेल जनताले धेरै हेरे । कोरोनाले दिनहुँ सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या तीव्र बढ्दो छ । यस्तोबेला सत्ता प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसको भूमिका पनि जनताले हेर्दैछन । प्रचण्डले निकाल्ने परिणाम पनि हेर्दैछन । महामारीले आक्रान्त यो अवस्थामा लकडाउन मात्र समाधान होइन । यो त झन विकराल समस्या हो ।’

उनले भने, ‘जनताको चित्कार र पुकार सुन्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई म आग्रह गर्दछु । राज्यको सबैथोक शक्ति र साधन प्रयोग गरेर कोरोना महामारी नियन्त्रणमा केन्द्रित हुन हार्दिक अपिल गर्दछु ।’

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ११ : ४६ बजे

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई ज्ञानेन्द्रले भने- राजनीति गर्ने थलो र भत्ता पचाउने मेलो नबनाऊ  

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

रिक्त चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि संक्षिप्त सूचि सार्वजनिक

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त भएका चार स्वास्थ्य विज्ञान

कर्णाली प्रदेशको अधिवेशन आज रातिदेखि अन्त्य गर्न सिफारिस

सुर्खेत– कर्णाली प्रदेश सरकारले प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशन आज

नक्कली नोटसहित दुई जना पक्राउ

सुनसरी– सुनसरीको कोशी गाउँपालिका–८ स्थित भीमनगर सीमावर्ती क्षेत्रबाट प्रहरीले नक्कली