देशका ७४ वटा जिल्लामा निषेधाज्ञा, ४ दिनमा साढे २० हजार कोरोना मुक्त « Khabarhub

देशका ७४ वटा जिल्लामा निषेधाज्ञा, ४ दिनमा साढे २० हजार कोरोना मुक्त


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तीन जिल्ला बाहेक सबै जिल्लाहरुमा निषेधाज्ञा भएको छ। गृहमन्त्रालयलका अनुसार तेह्रथुम, खोटाङ र मनाङ बाहेक अन्य ७४ वटा जिल्लामा निषेधाज्ञा गरिएको हो ।

रुकुममा पनि एक साताको लागि निषेधाज्ञा गरिएको छ। कोरोना संक्रमित भेटिन थालेपछि रुकुम पूर्वमा पनि निषेधाज्ञा गरिएको हो।

पछिल्लो समय नेपालमा कोरोना भाइरसको दोस्रो भेरियन्ट फैलिएसँगै संक्रमित र मृत्युदर ह्वात्तै बढेको छ । संक्रमण बढेसँगै कोरोना मुक्त हुनेको संख्या पनि बढ्दो क्रममा रहेको छ ।

पछिल्ला ४ दिनमा नेपालमा २० हजार ५ सय ६९ जना कोरोना मुक्त भएका छन् । शुक्रबार सबै भन्दा धेरै ६ हजार १ सय ३५ कोरोना मुक्त भएका छन् भने सनिवार ५ हजार ४ सय ५५ जना कोरोना मुक्त भएका छन् ।

यस्तै नेपालमा पछिल्लो ४ दिनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने उच्च रहेको छ । पछिल्लो ४ दिनमा ७ सय ७१ जनाको मृत्यु भएको छ ।

तीन दिनमा सबैभन्दा धेरै बिहीबार २ सय १४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  १२ : ४४ बजे

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी

एमालेकै एजेन्डामा कांग्रेस, बहुमत पूर्वसांसदहरूको हस्ताक्षर सर्वोच्चमा बुझाइँदै

काठमाडौं– देशका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस

फेरि २६ सय बिन्दुबाट तल झर्यो नेप्से

काठमाडौं– साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.९२ अंकले घटेको

पञ्चेबाजा बजाउँदै कार्यालयमा रविको स्वागत (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पार्टी कार्यालय फर्किने