देशका ७४ वटा जिल्लामा निषेधाज्ञा, ४ दिनमा साढे २० हजार कोरोना मुक्त « Khabarhub

देशका ७४ वटा जिल्लामा निषेधाज्ञा, ४ दिनमा साढे २० हजार कोरोना मुक्त


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तीन जिल्ला बाहेक सबै जिल्लाहरुमा निषेधाज्ञा भएको छ। गृहमन्त्रालयलका अनुसार तेह्रथुम, खोटाङ र मनाङ बाहेक अन्य ७४ वटा जिल्लामा निषेधाज्ञा गरिएको हो ।

रुकुममा पनि एक साताको लागि निषेधाज्ञा गरिएको छ। कोरोना संक्रमित भेटिन थालेपछि रुकुम पूर्वमा पनि निषेधाज्ञा गरिएको हो।

पछिल्लो समय नेपालमा कोरोना भाइरसको दोस्रो भेरियन्ट फैलिएसँगै संक्रमित र मृत्युदर ह्वात्तै बढेको छ । संक्रमण बढेसँगै कोरोना मुक्त हुनेको संख्या पनि बढ्दो क्रममा रहेको छ ।

पछिल्ला ४ दिनमा नेपालमा २० हजार ५ सय ६९ जना कोरोना मुक्त भएका छन् । शुक्रबार सबै भन्दा धेरै ६ हजार १ सय ३५ कोरोना मुक्त भएका छन् भने सनिवार ५ हजार ४ सय ५५ जना कोरोना मुक्त भएका छन् ।

यस्तै नेपालमा पछिल्लो ४ दिनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने उच्च रहेको छ । पछिल्लो ४ दिनमा ७ सय ७१ जनाको मृत्यु भएको छ ।

तीन दिनमा सबैभन्दा धेरै बिहीबार २ सय १४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  १२ : ४४ बजे

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण