मन्त्री आलेको सहयोगमा २२ थान अक्सिजन सिलिन्डर पठाइयो « Khabarhub

मन्त्री आलेको सहयोगमा २२ थान अक्सिजन सिलिन्डर पठाइयो


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफ्नै लगानीमा जिल्ला अस्पताल डोटीका लागि २२ थान अक्सिजन सिलिन्डर पठाएका छन् ।

अक्सिजन नभएर कोरोना सङ्क्रमणका बिरामी आक्रान्त भएका बेला मन्त्री आलेले भरिएका अक्सिजन सिलिन्डर पठाएपछि उनीहरुका आफन्त निकै खुशी भएका छन् ।

जिल्लामा अक्सिजन नहुँदा कोरोना सङ्क्रमणका बिरामीलाई उपचार गर्नमा समस्या भएको गुनासो आएपछि मन्त्री आलेले आफ्नो व्यक्तिगत लगानीमा नेपालगञ्जबाट जिल्ला अस्पतालका लागि अक्सिजनले भरिएका ठूला १७ तथा साना पाँच गरी कूल २२ सिलिन्डर पठाइएको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।

उनका अनुसार मन्त्री आलेको सहयोगमा ५० भरिएका अक्सिजन सिलिन्डर, ५० हजार मास्क जिल्ला अस्पताललाई र ५० हजार मास्क तथा ५० भरिएका अक्सिजन सिलिन्डर सेती प्रादेशिक अस्पताल कैलालीका लागि पठाउने तयारी भइरहेको छ ।

जिल्ला अस्पतालमा मन्त्री आलेको पहलमा अक्सिजन सिलिन्डर पुगेपछि त्यहाँका नागरिक निकै खुशी हुनाका साथै कोरोना सङ्क्रमितलाई उपचार गर्नमा निकै सहज भएको जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट कृष्ण जोशीले बताए ।

यसैगरी मन्त्री आलेले आफ्नो व्यक्तिगत सहयोगमा जिल्ला अस्पतालमा अक्सिजन उत्पादन गर्ने पाँच अक्सिजन कन्सेन्ट्रेचर मेशिन पठाउने जानकारी दिएको मेडिकल सुपरिटेन्डेन्ट जोशीले जानकारी दिए ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  १ : १३ बजे

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण