मन्त्री आलेको सहयोगमा २२ थान अक्सिजन सिलिन्डर पठाइयो | Khabarhub Khabarhub

मन्त्री आलेको सहयोगमा २२ थान अक्सिजन सिलिन्डर पठाइयो


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफ्नै लगानीमा जिल्ला अस्पताल डोटीका लागि २२ थान अक्सिजन सिलिन्डर पठाएका छन् ।

अक्सिजन नभएर कोरोना सङ्क्रमणका बिरामी आक्रान्त भएका बेला मन्त्री आलेले भरिएका अक्सिजन सिलिन्डर पठाएपछि उनीहरुका आफन्त निकै खुशी भएका छन् ।

जिल्लामा अक्सिजन नहुँदा कोरोना सङ्क्रमणका बिरामीलाई उपचार गर्नमा समस्या भएको गुनासो आएपछि मन्त्री आलेले आफ्नो व्यक्तिगत लगानीमा नेपालगञ्जबाट जिल्ला अस्पतालका लागि अक्सिजनले भरिएका ठूला १७ तथा साना पाँच गरी कूल २२ सिलिन्डर पठाइएको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।

उनका अनुसार मन्त्री आलेको सहयोगमा ५० भरिएका अक्सिजन सिलिन्डर, ५० हजार मास्क जिल्ला अस्पताललाई र ५० हजार मास्क तथा ५० भरिएका अक्सिजन सिलिन्डर सेती प्रादेशिक अस्पताल कैलालीका लागि पठाउने तयारी भइरहेको छ ।

जिल्ला अस्पतालमा मन्त्री आलेको पहलमा अक्सिजन सिलिन्डर पुगेपछि त्यहाँका नागरिक निकै खुशी हुनाका साथै कोरोना सङ्क्रमितलाई उपचार गर्नमा निकै सहज भएको जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट कृष्ण जोशीले बताए ।

यसैगरी मन्त्री आलेले आफ्नो व्यक्तिगत सहयोगमा जिल्ला अस्पतालमा अक्सिजन उत्पादन गर्ने पाँच अक्सिजन कन्सेन्ट्रेचर मेशिन पठाउने जानकारी दिएको मेडिकल सुपरिटेन्डेन्ट जोशीले जानकारी दिए ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  १ : १३ बजे

गण्डकी सरकारविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज पनि

कान्तिपुरका अध्यक्ष सिरोहिया धनुषा प्रहरीको हिरासतमा

धनुषा – नागरिकताको अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका

क्यानडामा नेपाली पर्यटन प्रवर्द्धन कार्यक्रम

काठमाडौं– आर्थिक कूटनीति सञ्चालनको सिलसिलामा क्यानडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन

कूटनीतिक अधिकारीहरूसँग कन्सुल विभागको छलफल

काठमाडौं– कन्सुलर सेवा विभागले नेपालस्थित एसियाली विकास बैंक, संयुक्त राष्ट्रसङ्घ

के हो प्रसव फिस्टुला ?

लामो र कठिन सुत्केरी व्यथापछि महिलाको योनीमार्गबाट लगातार पिसाब, दिसा