विवाह, भोज–भतेरको जमघटले सङ्क्रमण फैलियो , एउटै वडामा ७० सङ्क्रमित « Khabarhub

विवाह, भोज–भतेरको जमघटले सङ्क्रमण फैलियो , एउटै वडामा ७० सङ्क्रमित


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरको थाहा नगरपालिकामा एउटै वडामा ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थाहा–३ मा पिसिआर र एन्टिजेन परीक्षण गर्दा दुई साताभित्र सो सङ्ख्यामा कोरोना देखिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाभित्र अहिले कोरोनाबाट कूल सङ्क्रमित सङ्ख्या २०० रहेका छन् । नगरको एउटै वडामा ३५ प्रतिशत कोरोना सङ्क्रमित देखिनुले चुनौती र जोखिम दुवै बढेको नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख मेघराज बलामीले जानकारी दिए ।

थाहा–३ मा सङ्क्रमण दर पनि उच्च रहेको छ । यहाँ १०२ मा परीक्षण गरिएकामा ७० सङ्क्रमण देखिएको र सङ्क्रमण दर ६६ प्रतिशत रहेको नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिए । सङ्क्रमित हुनेमा स्वास्थ्यकर्मीसमेत छन् ।

विवाह भोज–भतेरको जमघट र अन्य सामूहिक गतिविधिका कारण थाहा–३ मा सङ्क्रमण फैलिएको ‘कन्ट्याक्ट ट्रेसिङ’ बाट देखिएको प्राथमिक स्वास्थ्य केन्द्र पालुङका चिकित्सक रिकेस कार्कीले बताए ।

थाहा–३ मा क सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको छ भने दुईजना निको भएका छन् । त्यस्तै ६७ जना होम आइसोलेशनमा रहेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  २ : २५ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक