जसपा विवाद समाधान प्रयास : महन्थ ठाकुर र उपेन्द्र यादव वार्तामा « Khabarhub

जसपा विवाद समाधान प्रयास : महन्थ ठाकुर र उपेन्द्र यादव वार्तामा


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी भित्रको आन्तरिक विवाद हल गर्न अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव संवादमा जुटेका छन् ।

अहिले दुई अध्यक्षबीच पार्टी कार्यालय बालकुमारीमा वार्तामा जुटेको जसपा नेता सुरेन्द्र झाले जानकारी दिए ।

दुई अध्यक्षबीच पार्टीमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल भएको उनले बताए।

प्रधानमन्त्री चयनको विषयलाई लिएर जसपामा दुई धार देखिएको छ। पार्टी अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीलाई सहयोग गरेका थिए। ठाकुर र महतोकै कारणले ओलीको निरन्तरता सम्भव भएको हो।

संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष यादव ओलीलाई विस्थापित गर्ने पक्षमा थिए।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ३ : १० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना