आलियाको ‘गंगूबाई काठियावाडी’लाई दैनिक तीन लाख घाटा « Khabarhub

आलियाको ‘गंगूबाई काठियावाडी’लाई दैनिक तीन लाख घाटा


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–भारतमा बढ्दो कोभिड महामारीका कारण यसको असर बलिउडलाई पनि परेको छ । लकडाउन र निषेधाज्ञाका कारण ठूला बजेटका फिल्मको सुटिङ पुरा हुन सकेको छैन ।

जसमा अभिनेत्री आलिया भट्टको ‘गंगूबाई काठियावाडी’ पनि एक हो । दैनिक जागरणका अनुसार यो फिल्मको अब तीन दिनको सुटिङ मात्र बाँकी छ । तर अभिनेत्री आलियालाई कोभिड पोजेटिभ देखिएपछि फिल्मको सुटिङ रोकिएको थियो ।

फिल्ममा एक पाश्र्वगीत छ, जुन गीत आलियामाथि बनाइएको छ । यो गीतको सुटिङ पछि फिल्मको सम्पूर्ण काम पुरा हुनेछ ।

फिल्ममा आलियाको बिना लिपसिंक एक गीत पनि छ । जुन गीत सुटिङ भइसकेको छ । फिल्मका निर्देशक चाँडै नै सुटिङ पुरा गर्न चाहन्थे, तर आलियालाई कोरोना संक्रमण भएपछि सुटिङ रोकियो ।

फिल्म सिटीमा यो फिल्मका लागि एक विशाल सेट निर्माण भइसकेको छ । जहाँ एक मात्र गीतको सुटिङ गरिनेछ ।

फिल्म सिटीबाट फिल्मको सेट नहटाएका कारण निर्माण सञ्जय लीला भन्साली र जयन्तीलाल गढालाई दैनिक ३ लाख रुपैंयाँको घाटा भइरहेको छ । त्यहीकारण निर्माताहरु पुनः सुटिङ गर्ने जोखिम लिन चाहेका छैनन् ।

लकडाउन खुलेपछि पनि सुटिङ गर्ने योजनामा भन्साली रहेका छन् ।

यो फिल्ममार्फत कमाठीपुराको दुई सय वर्ष पुरानो वास्तविक इतिहासलाई देखाउन खोजिएको छ । फिल्ममा आलियासँगै अजय देवगन पनि देखिँदैछन् । फिल्म जुलाई ३० मा रिलिज हुँदैछ ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ३ : ३५ बजे

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार