आलियाको ‘गंगूबाई काठियावाडी’लाई दैनिक तीन लाख घाटा « Khabarhub

आलियाको ‘गंगूबाई काठियावाडी’लाई दैनिक तीन लाख घाटा


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–भारतमा बढ्दो कोभिड महामारीका कारण यसको असर बलिउडलाई पनि परेको छ । लकडाउन र निषेधाज्ञाका कारण ठूला बजेटका फिल्मको सुटिङ पुरा हुन सकेको छैन ।

जसमा अभिनेत्री आलिया भट्टको ‘गंगूबाई काठियावाडी’ पनि एक हो । दैनिक जागरणका अनुसार यो फिल्मको अब तीन दिनको सुटिङ मात्र बाँकी छ । तर अभिनेत्री आलियालाई कोभिड पोजेटिभ देखिएपछि फिल्मको सुटिङ रोकिएको थियो ।

फिल्ममा एक पाश्र्वगीत छ, जुन गीत आलियामाथि बनाइएको छ । यो गीतको सुटिङ पछि फिल्मको सम्पूर्ण काम पुरा हुनेछ ।

फिल्ममा आलियाको बिना लिपसिंक एक गीत पनि छ । जुन गीत सुटिङ भइसकेको छ । फिल्मका निर्देशक चाँडै नै सुटिङ पुरा गर्न चाहन्थे, तर आलियालाई कोरोना संक्रमण भएपछि सुटिङ रोकियो ।

फिल्म सिटीमा यो फिल्मका लागि एक विशाल सेट निर्माण भइसकेको छ । जहाँ एक मात्र गीतको सुटिङ गरिनेछ ।

फिल्म सिटीबाट फिल्मको सेट नहटाएका कारण निर्माण सञ्जय लीला भन्साली र जयन्तीलाल गढालाई दैनिक ३ लाख रुपैंयाँको घाटा भइरहेको छ । त्यहीकारण निर्माताहरु पुनः सुटिङ गर्ने जोखिम लिन चाहेका छैनन् ।

लकडाउन खुलेपछि पनि सुटिङ गर्ने योजनामा भन्साली रहेका छन् ।

यो फिल्ममार्फत कमाठीपुराको दुई सय वर्ष पुरानो वास्तविक इतिहासलाई देखाउन खोजिएको छ । फिल्ममा आलियासँगै अजय देवगन पनि देखिँदैछन् । फिल्म जुलाई ३० मा रिलिज हुँदैछ ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ३ : ३५ बजे

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि