यस वर्षको विज्ञान तथा प्रविधि युवा पुरस्कार डा. रेग्मीलाई प्रदान गरिने | Khabarhub Khabarhub

यस वर्षको विज्ञान तथा प्रविधि युवा पुरस्कार डा. रेग्मीलाई प्रदान गरिने


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले २०७७ सालको विज्ञान तथा प्रविधि युवा पुरस्कार डा. सागर रेग्मीलाई प्रदान गर्ने भएको छ ।

४४ औँ प्राज्ञसभाले डा. रेग्मीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ ।

क्यान्सर र व्यायाम सम्बन्धि अनुसन्धान गर्न सहयोगी हुने माइक्रोफ्लुइडिक प्रणालीको विकास गरी रक्तनलीमा भएका ट्युमर कोषहरू हटाउन तथा मेटास्टेसिस रोक्ने चिकित्सा विधिको विकास गर्न महत्वपूर्ण योगदान पर्‍याए वापत यो पुरस्कार डा. रेग्मीलाई प्रदान गरिएको हो ।

डा. रेग्मी त्रिभुवन विश्वविद्यालयको व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रमा कार्यरत छन् । उक्त पुरस्कार वितरण कार्यक्रम छिट्टै हुने जानकारी दिइएको छ ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ५ : ३० बजे

२३ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ? 

काठमाडौं– आइतबार सुनको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल

पिपुल्स पावर हकप्रद शेयर लिलामी बिक्रीमा

काठमाडौं – पिपुल्स पावर लिमिटेडले हकप्रद शेयर लिलामी बिक्रीमा राखेको

माबिलुङ्ग इनर्जीको आइपीओ बाँडफाँड

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर

सुत्केरीलाई पोषण सामग्री वितरण

भोजपुर– सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुधार गर्ने उद्देश्यले

सागर डिष्टिलरीको आइपीओ बाँडफाँड

काठमाडौं– सागर डिष्टिलरी लिमिटेडले साधारण शेयर (आइपीओ) बाँडफाँड गरेको छ।