बन्द प्रशिक्षणका लागि ३२ खेलाडी छनोट | Khabarhub Khabarhub

बन्द प्रशिक्षणका लागि ३२ खेलाडी छनोट


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षणका लागि खेलाडी छनोट गरेका हुन् ।

नेपाल सुपर लिग सकिएको भोलिपल्ट आज प्रशिक्षक अब्दुल्लाहले खेलाडीको नयाँ सूची सार्वजनिक गरेका छन् । आगामी महिना इराकसँग हुने मैत्रीपूर्ण खेल तथा विश्वकप छनोट खेलका लागि नेपाली टोलीले बुधबारदेखि प्रशिक्षण थाल्ने एन्फाले जनाएको छ ।

नेपालले इराकसँगको मैत्रीपूर्ण खेलपछि फिफा विश्वकप छनोट र एसियन कप छनोटका लागि खेल्नेछ । छनोटमा नेपालले अष्ट्रेलिया, जोर्डन र चिनियाँ ताइपेहसँग प्रतिस्पर्धा गर्नेछ ।

बन्द प्रशिक्षणमा समावेश गरिएका खेलाडीमध्ये गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की, डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, रजिन धिमाल, गौतम श्रेष्ठ, निशान खड्का, अमित तामाङ, सुमन अर्याल र विकास खवास, मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, नितिन थापा, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, सुमन लामा, सुनिल बल, सुरज ठकुरी, पुजन उपरकोटी, आयुष घलान, विवेक बस्नेत र रवि पासवान तथा फरवार्डमा भरत खवास, अभिषेक रिजाल, अञ्जन विष्ट, दर्शन गुरुङ, नवयुग श्रेष्ठ र आशिष लामा छन् ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ८ : ४६ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर