यो तहसम्म कोरोना संक्रमण बढ्छ भन्ने ठानेको थिइनँ : प्रधानमन्त्री « Khabarhub

यो तहसम्म कोरोना संक्रमण बढ्छ भन्ने ठानेको थिइनँ : प्रधानमन्त्री


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाभाइरस सङ्क्रमण दर तीव्र रुपमा बढ्छ भन्ने आफूले नसोचेको बताएका छन् ।

एक सामूहिक छलफलका क्रमा प्रधानमन्त्री ओलीले नेपालमा कोरोना संक्रमण ‘यो तहसम्म बढ्छ भन्ने आफूले नठानेको’ बताएका हुन् ।

विभिन्न अनलाइन सञ्चार माध्यमले सार्वजनिक गरेका भिडियो क्लिपमा उनले भनेका छन्, ”यस रूपमा नेपालमा कोभिड बढ्छ भन्ने मैले ठानेको थिइनँ । मैले के ठानेको थिएँ हाम्रो इम्युन सिस्टम (प्रतिरोध प्रणाली) धेरै बलियो छ । त्यस कारण अलि अलि सर्ला तर यस तहमा चाहिँ वृद्धि हुन सक्दैन जस्तो लागेको थियो । तर यस तहमा वृद्धि भयो ।”

”सामान्य इम्युन सिस्टमले (साधारण प्रतिरोधी क्षमताले) पनि यसलाई रेजिस्ट (रोक्न) गर्न सक्दो रहेनछ । यद्यपि इम्युन सिस्टमको (रोग प्रतिरोधी क्षमताको) काम छैन होइन । त्यो जति मात्रामा मानिसहरू रिभाइभ (निको) भएका छन् त्यसमा इम्युन सिस्टमको अवश्य नै भूमिका हुन्छ । यससँग इम्युन सिस्टमको भूमिका नहुने होइन ।” उनले भने ।

कोरोनाभाइरस महामारी फैलिएका बेला शरीरको रोग प्रतिरोधी क्षमता सुदृढ बनाउन बेसार पानी खान र अम्बाको पात उमालेर पानी खाने गर्नुपर्ने सुझाव उनले बारम्बार दिने गरेका थिए ।

उनको भनाइको वैज्ञानिक आधार नरहेको बताउँदै कतिपय विज्ञ लगायत सामाजिक सञ्जालमा आलोचना र उपहास हुँदै आएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा कोभिड-१९ सँग सम्बन्धित कारण ५ हजार भन्दा बढी सर्वसाधारणहरुले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा ७ हजार ३६८ जना कोरोना संक्रमित थपिएका छन् । नेपालमा कुल संक्रमितको संख्या ४ लाख ५५ हजार २० पुगेको छ ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ८ : ०७ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२