यो तहसम्म कोरोना संक्रमण बढ्छ भन्ने ठानेको थिइनँ : प्रधानमन्त्री « Khabarhub

यो तहसम्म कोरोना संक्रमण बढ्छ भन्ने ठानेको थिइनँ : प्रधानमन्त्री


२ जेष्ठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाभाइरस सङ्क्रमण दर तीव्र रुपमा बढ्छ भन्ने आफूले नसोचेको बताएका छन् ।

एक सामूहिक छलफलका क्रमा प्रधानमन्त्री ओलीले नेपालमा कोरोना संक्रमण ‘यो तहसम्म बढ्छ भन्ने आफूले नठानेको’ बताएका हुन् ।

विभिन्न अनलाइन सञ्चार माध्यमले सार्वजनिक गरेका भिडियो क्लिपमा उनले भनेका छन्, ”यस रूपमा नेपालमा कोभिड बढ्छ भन्ने मैले ठानेको थिइनँ । मैले के ठानेको थिएँ हाम्रो इम्युन सिस्टम (प्रतिरोध प्रणाली) धेरै बलियो छ । त्यस कारण अलि अलि सर्ला तर यस तहमा चाहिँ वृद्धि हुन सक्दैन जस्तो लागेको थियो । तर यस तहमा वृद्धि भयो ।”

”सामान्य इम्युन सिस्टमले (साधारण प्रतिरोधी क्षमताले) पनि यसलाई रेजिस्ट (रोक्न) गर्न सक्दो रहेनछ । यद्यपि इम्युन सिस्टमको (रोग प्रतिरोधी क्षमताको) काम छैन होइन । त्यो जति मात्रामा मानिसहरू रिभाइभ (निको) भएका छन् त्यसमा इम्युन सिस्टमको अवश्य नै भूमिका हुन्छ । यससँग इम्युन सिस्टमको भूमिका नहुने होइन ।” उनले भने ।

कोरोनाभाइरस महामारी फैलिएका बेला शरीरको रोग प्रतिरोधी क्षमता सुदृढ बनाउन बेसार पानी खान र अम्बाको पात उमालेर पानी खाने गर्नुपर्ने सुझाव उनले बारम्बार दिने गरेका थिए ।

उनको भनाइको वैज्ञानिक आधार नरहेको बताउँदै कतिपय विज्ञ लगायत सामाजिक सञ्जालमा आलोचना र उपहास हुँदै आएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा कोभिड-१९ सँग सम्बन्धित कारण ५ हजार भन्दा बढी सर्वसाधारणहरुले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा ७ हजार ३६८ जना कोरोना संक्रमित थपिएका छन् । नेपालमा कुल संक्रमितको संख्या ४ लाख ५५ हजार २० पुगेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ८ : ०७ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस