युरोकपमा आज तीन खेल, क-कसको भिडन्त ? (सूचीसहित) « Khabarhub

युरोकपमा आज तीन खेल, क-कसको भिडन्त ? (सूचीसहित)


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युरोकप फुटबलमा आज तीन खेलहरु हुँदैछन् ।

आज समूह ‘ए’ को दुई खेल र समूह ‘बी’ को एक खेल हुनेछ । आज हुने पहिलो खेलमा फिनल्याण्ड र रुसबीच प्रतिस्पर्धा हुनेछ ।

समूह ‘बी’ मा रहेको फिनल्याण्ड र  रुसबीचको खेल साँझ ६:४५ बजे हुनेछ । फिनल्याण्ड लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा फिनल्याण्डले डेनमार्कलाई १-० ले हराएको थियो ।

रुस भने पहिलो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा रुस बेल्जियमसँग ३-० गोलले पराजित भएको थियो ।

आजको दोस्रो खेलमा वेल्स र टर्कीबीच प्रतिस्पर्धा हुनेछ । वेल्स र टर्कीबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । वेल्स पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा वेल्सले स्वीट्जरल्याण्डसँग १-१ गोलको बराबरी खेलेको थियो ।

टर्की पनि पहिलो खेल जित्ने योजनामा छ । टर्की पहिलो खेलमा इटालीसँग  ३-० ले हारेको थियो ।

आजको तेस्रो खेलमा इटाली र स्वीट्जरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । इटाली र स्वीट्जरल्याण्डबीचको खेल राति १२:४५ बजे हुनेछ ।

इटाली लगातार दोस्रो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा बराबरीमा रोकिएको स्वीट्जरल्याण्ड आज पहिलो जित निकाल्ने योजनामा छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ७ : ०५ बजे

ट्रम्पद्वारा १० दिनका लागि आक्रमण स्थगित, कच्चा तेलको मूल्य घट्यो

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा संरचनामा गर्ने भनिएको

सरकारमा सहभागी हुने मन्त्रीको अन्तिम टुंगो लगाउँदै रवि र बालेन्द्र : १५ देखि १८ जना मन्त्री बन्ने

काठमाडौँ – नयाँ सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्ग्याउन राष्ट्रिय

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं– यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र

काठमाडौँको बागबजारबाट पनि विद्यार्थीलाई सेवा प्रदान गर्दै गोरेटो

काठमाडौँ – गोरेटो एजुकेशन कन्सलटेन्सीले आफनो नयाँ शाखा काठमाडौँको बागबजारमा

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी– खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको