चिन्ताबाट मुक्ति पाउन तपाईंलाई यी सात टिप्स « Khabarhub

चिन्ताबाट मुक्ति पाउन तपाईंलाई यी सात टिप्स


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चिन्ताले मानिसलाई अशान्त बनाउँछ । त्यतिमात्र होइन धेरै चिन्ता गर्ने मानिसमा यसैका कारण विभिन्न प्रकारका रोगहरु पनि लाग्ने गर्दछ । यस्तोमा चिन्ताबाट कसरी बच्ने त ?

चिन्ताबाट बच्ने केही उपायहरुः
१. चिन्ता हुनको मुल कारण हो, आफुले सोचे अनुसारको वा मेहनत गरे अनुसारको काम नबन्नु । यस्तोमा मानिस अनावश्यक चिन्तामा डुब्ने गर्दछन् । यस्तोमा कुनै कुरा गुमेको चिन्ता छ भने त्यसलाई स्वीकार गर्नु पर्दछ । सत्य स्वीकार गरे चिन्ता क्रमशः कम हुन्छ ।

२. चिन्ता हटाउने अर्को उपाय हो, बढि भन्दा बढि मानिससंग घुलमिल हुनु । चिन्ता र तनाव भएको बखत एक्लै घोरिएर बस्नुको सट्टा साथीभाइसँग घुलमिल भएमा यसले तनाव कम गर्दछ । त्यसैले सकेसम्म मानिसहरुमा समय दिनु राम्रो हुन्छ ।

३. चिन्ता कम गर्न अर्को उपाय हो, बेस्कन हाँस्ने । बेस्कन हाँस्दा शरीरमा खुशी बनाउने हर्मोन बढ्छ र चिन्ता दिलाउने हर्मोन घट्छ । तसर्थ, बिहान–बेलुका बेस्कन हाँस्ने गर्नुपर्छ ।

४. शारीरिक श्रम गर्ने मानिसमा भन्दा श्रम नगर्ने मानिसमा स्ट्रेस हर्मोन बढ्दछ । त्यसैले तनाव कम गर्न शारीरिक बलको काम गर्ने साथै सकेसम्म पैदल हिड्ने बानि बसाउने ।

५. श्रम नगर्नेहरुले चिन्ता कम गर्न व्यायाम गर्नु पर्दछ । नियमित व्यायाम गर्नाले शरीरमा अक्सिजनको मात्रा बढ्छ र रक्तसञ्चार तीव्र हुन्छ, जसले स्ट्रेस हर्मोन कम गरिदिन्छ ।

६. प्राणायाम एउटा यस्तो, श्वासप्रश्वासको विधि हो । जहाँ गहिरो सास लिने र फाल्ने, फोक्सोभरि सास भर्ने र फाल्ने गरिन्छ । यसले समग्र शरीरमा अक्सिजनको ‘इन्टेक’ बढ्छ र तनाव स्वतः कम हुँदै जान्छ । तनाव कम गर्न अनुलोमविलोम, कपालभाँती, भस्तृका, भ्रामरीजस्ता प्राणायाम गर्नु पर्दछ ।

७. तनाव कम गर्न रमाइला वा मनलाई आनन्दित पार्ने गीत सुन्न पनि सकिन्छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ६ : ३७ बजे

जावलाखेल युथले नेपाल पुलिस क्लबलाई हरायो

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा जावलाखेल युथ क्लबले नेपाल

क्षितिज थेबेको चुनावी सभामा उपमहासचिव योगेश भट्टराई (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेका युवा उम्मेदवार क्षितिज थेबेको चुनावी प्रचारका क्रममा

देउवा सभापतिबाट हटेसँगै कर्ण मल्लसहितका नेताहरू कांग्रेसमै फर्किन तयार

डडेल्धुरा – शेरबहादुर देउवालाई विशेष महाधिवेशनमार्फत् गगनकुमाार थापाले सभापतिबाट बिदा

परिवर्तनको एजेन्डा बोकेर जनताको माझ आएका छौँ : कमल थापा

काठमाडौं– राप्रपाका नेता एवं काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार

बिमा प्राधिकरणको प्रवक्तामा निर्देशक ढुङ्गेल

काठमाडौं– नेपाल बीमा प्राधिकरणको प्रवक्तामा निर्देशक पूजन ढुङ्गेल अधिकारी तोकिएकी