लक्ष्मीलाई जिउँदै जलाउन खोजेको आरोपमा श्रीमान् पक्राउ « Khabarhub

लक्ष्मीलाई जिउँदै जलाउन खोजेको आरोपमा श्रीमान् पक्राउ


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- डोटीको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँकी २८ वर्षीय लक्ष्मी भाटलाई जलाएर जिउँदै मार्न खोज्ने श्रीमान् सन्तोष भाटलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार श्रीमतीलाई प्रज्वलनशील पदार्थ छर्केर जिउँदै जलाएर मार्न खोज्ने श्रीमान भाटलाई कञ्चनपुरको त्रिनगर भन्सार नाकाबाट सोमबार राति पक्राउ गरिएको हो ।

पक्राउ परेका भाटलाई जिल्ला अदालत डोटीबाट ६ दिनको हिरासतमा राख्ने अनुमति लिई थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

लक्ष्मीका श्रीमान भाटले गत जेठ १२ गते आफ्नै घरमा सुतिरहेको बेला प्रज्वलनशील पदार्थ छर्केर आगो लगाउँदा उनीसहित नाबालक छोरी जलेर गम्भीर घाइते भएकी थिइन् ।

छोरी र श्रीमती घाइते भएलगत्तै फरार भएका भाटलाई कैलाली र जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए ।

फरार रहेका भाटले प्रयोग गर्ने टेलिफोनको कल डिटेलका आधार र मोबाइल ट्रयाकिङ उनलाई पक्राउ गर्न सहज भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक योगेन्द्र थापाले बताए ।

घाइते लक्ष्मीलाई तत्कालीन वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमा गएको गत जेठ १७ गते हेलिकप्टरबाट काठमाडौ ल्याइ कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।

अहिले लक्ष्मीको स्वास्थ्य अवस्थामा निकै सुधार आएको उपचारमा संलग्न अस्पतालका चिकित्सकद्वय डा.सुरेन्द्र बस्नेत र डा.प्रकृति ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ९ : १५ बजे

वर्तमान परिस्थीतिमा ओलीलाई नै पार्टीको अध्यक्षको रुपमा चयन गर्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं– नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मुलुकको वर्तमान परिस्थीतिमा केपी

लगानी प्रवर्द्धन तथा सुरक्षाको प्रत्याभूति नीति आवश्यक : अध्यक्ष अग्रवाल

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले निजी

राष्ट्रियसभा अध्यक्ष दाहालसँग प्रमुख निर्वाचन आयुक्त भण्डारीको भेट

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रिय

नेपाल पे जारी गर्ने सम्बन्धमा एनआईसी एशिया बैंक र एनसीएचएलबीच सम्झौता 

काठमाडौं– एनआईसी एशिया बैंकले ग्राहकलाई नेपाल पे जारी गर्ने सम्बन्धमा नेपाल

जेन-जी आन्दोलनमा लुटिएको स्वाचलित पेस्तोलसहित ३ जना पक्राउ

काठमाडौं- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्वचालित हतियारसहित तीन