गाजा क्षेत्रमा इजरायलको हवाई आक्रमण « Khabarhub

गाजा क्षेत्रमा इजरायलको हवाई आक्रमण


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इजरायले गाजा क्षेत्रमा फेरि हवाई आक्रमण गरेको छ ।

हमासले मङ्गलवार बेलुनहरूमा विस्फोटक पदार्थ राखेर इजरायलमा पठाएकाले कारबाही गरिएको इजरायली सेनाले जनाएको छ ।

प्यालेस्टिनी सुरक्षा फौजका एक प्रत्यक्षदर्शीले दिएका विवरणलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार आक्रमणबाट हमासको एउटा रेडियो स्टेसन र एउटा तालिम केन्द्र ध्वस्त भएको छ ।

बुधवार बिहानै भएको उक्त आक्रमणबाट कयौँ स्थानमा विस्फोटनका आवाजहरू सुनिएको जनाइएको छ ।

यसअघि आगलागी गराउने क्षमता भएका बेलुन बम गाजाबाट इजरायलतर्फ पठाइएको थियो । दुवै पक्ष मे २१ मा युद्धविराम गर्न सहमत भए पनि त्यहा हिंसा रोकिएको छैन ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ९ : ४५ बजे

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको

बागलुङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै

बागलुङ– नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि

अष्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट बरामद

काठमाडौँ– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया पठाउन