स्वास्थ्यमन्त्री तामाङ र सभामुख सापकोटा सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रमा « Khabarhub

स्वास्थ्यमन्त्री तामाङ र सभामुख सापकोटा सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रमा


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रमा पुगेका छन् ।

उनी आज बिहान बसेको विपद व्यवास्थापनबारेमा बैठकमा सहभागी भएर सिन्धुपाल्चोक हिँडेका हुन् ।

आज बिहान मात्रै गृहमन्त्री नेतृत्वमा स्वास्थ्यमन्त्रीसहित तीनवटै सुरक्षा निकायका प्रमुखहरुको बैठक बसेको थियो । सिन्धुपाल्चोकको मेलम्चीमा गएको बाढीका विषयमा छलफल गर्न बसेको बैठकले उद्धार तथा राहतका बारेमा निर्णय गरेको थियो ।

त्यस्तै सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्र मेलम्ची हिँडेका छन् ।

सभामुख सापकोटाको प्रेसविज्ञ श्रीधर न्यौपानेका अनुसार उनी सडकमार्ग हुँदै मेलम्ची प्रस्थान गरेका हुन् । त्यहाँ उनले बाढी पहिरो प्रभावित क्षेत्रको अनुगमन गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १२ : ५४ बजे

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको