बेलाघाटमा फसेका चारजनाको उद्धार | Khabarhub Khabarhub

बेलाघाटमा फसेका चारजनाको उद्धार


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– अविरल वर्षाका कारण दाङको राप्ती नदीमा आएको बाढीले मङ्गलबारदेखि बेलाघाटमा फसेका चारजनालाई आज सुरक्षाकर्मीले उद्धार गरेका छन् ।

लमही–७ हस्नापुर र राजपुर गाउँपालिकाको बेलाघाटको बीचको टापुमा फसेका चारजनालाई आज बिहान सकुशल उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

भैँसी चराउन गएका राजपुर गाउँपालिका–२ का ४५ वर्षीया सावित्रा यादव, सोही ठाउँका २६ वर्षीय राधे यादव, राजपुर गाउँपालिका–३ का २६ वर्षीय गणेश यादव र लमही–७ का ४८ वर्षीय मनराम चौधरीको उद्धार गरिएको पनि प्रजिअ पौडेलले जानकारी दिए ।

जिल्ला आपत्कालीन केन्द्रका प्रमुख विश्वप्रकाश अर्यालले टापुमा फसेका उनीहरूलाई उद्धारका लागि गएराति नै रबर बोटसहित सुरक्षाकर्मी परिचालन गरिए पनि नदीमा पानीको बहाव नघटेपछि उद्धारमा कठिनाइ भएको बताए । १५ वटा भैँसी लिएर चढाउन गएका उनीहरू रातभरि सोही टापुमा बसेका थिए । भैँसी भने उतै रहेको बताइएको छ ।

सशस्त्र प्रहरी २९ नं गण भालुवाङ्का सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर खनाल, ४१ नं गण अर्जुन खोलाका प्रमुख यादव विश्वकर्मा, लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी, लमही नगरपालिका–७ का वडाध्यक्ष मोहन गिरी, वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेल, इलाका प्रहरी कार्यालय गढवा प्रहरी निरीक्षक राजकुमार भट्ट, इलाका प्रहरी कार्यालय अमिलियाक प्रहरी निरीक्षक राजीव श्रेष्ठ, रणसिङ दल गुल्म अर्जुन खोलाको टोली राप्ती नदी पुगेको थियो ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ३ : ४६ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

एसिया कप : भारतसँगको रोचक भिडन्तमा ओमान २१ रनले पराजित

काठमाडौं – एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असोज ४ गते शनिबार। आश्विन

आज २०८२ साल असोज ४ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज ४ गते शनिबार। आश्विन

नक्कली सर्टिफिकेट प्रकरण रास्वपा नेता कँडेल जेल चलान

चितवन – नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ