नेप्सेमा गिरावट, तीन हजार विन्दुबाट तल झर्‍यो « Khabarhub

नेप्सेमा गिरावट, तीन हजार विन्दुबाट तल झर्‍यो


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेयर बजार कारोबार मापक नेप्से परिसूचक बुधबार ५२ दशमलब ४१ अंकले घटेर तीन हजारभन्दा तल झरेको छ ।

यसअघि सोमबार ३ हजार भन्दा माथि पुगेर नयाँ रेकर्ड कायम भएको नेप्से बुधबार ओरालो लागेको हो ।

बुधबार बजार बन्द हुँदा नेप्से परिसूचक ५२ दशमलव ४१ अंकले घटेर २ हजार ९ सय ६९ दशमलव ६९ अंकमा पुगेको छ । आज १५ अर्ब ४८ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

आइतबार २ हजार ९ सय ८३ अंकमा पुगेको नेप्से परिसूचक सोमबार ३ हजार माथि पुगेर रेकर्ड कायम भएको थियो । मंगलबार झिनो अंकले ‘करेक्सन’ देखिए पनि परिसूचक ३ हजार माथि नै रोकिएको थियो ।

नेपाल धितोपत्र बोर्डले मंगलबार सूचीकृत कम्पनीहरु मध्ये ५१ कम्पनीको नाम नै तोकेर जोखिम युक्त भनेपछिको शेयर बजारमा असर देखिएको छ । बोर्डले उल्लेख गरेका अधिकांश कम्पनीहरुको सेयर मूल्य घटिरहेको छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ४ : ४५ बजे

काठमाडौँ-८ मा रास्वपाका श्रेष्ठको बलियो पकड

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ को प्रारम्भिक मतगणनामा राष्ट्रिय

छिटपुट घटनाबाहेक सर्लाहीमा शान्तिपूर्ण मतदान, ६० प्रतिशत मत खस्यो

बरहथवा (सर्लाही)- सर्लाही जिल्लामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ

बाँके–२ को मतगणना सुरु

खजुरा, (बाँके)- बाँके निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु

जुम्लामा ४१ हजार २१० मत खस्यो

जुम्ला- बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जुम्लामा शान्तिपूर्ण तरिकाले सम्पन्न

तनहुँमा ५१.७४ प्रतिशत मतदान

दमौली (तनहुँ)- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँमा ५१.७४ प्रतिशत मत खसेको