प्रधानमन्त्रीले बोलाए विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक « Khabarhub

प्रधानमन्त्रीले बोलाए विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाढी तथा पहिरोले मुलुकका विभिन्न स्थानमा क्षति पुर्‍याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् ।

बैठकमा बाढी पहिरोबाट भएको क्षति र विपद् रोकथामको प्रतिकार्य गर्ने विषयमा छलफल हुनेछ । यसैगरी मनसुनबाट हुने क्षति कसरी न्युनिकरण गर्ने र भइसकेको क्षतिबाट पीडितलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा छलफल हुनेछ ।

प्रधानमन्त्रीको अध्यक्षतामा हुने परिषद्मा सरोकारवाला मन्त्री, विपक्षी दलका नेता, सबै प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव, प्रधानसेनापति, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतलगायत सदस्य रहन्छन् ।

यसअघि बिहान गृहमन्त्री अध्यक्ष रहने विपद् जोखिम तथा व्यवस्थापन कार्यकारी समितिको बैठक बसेको थियो । बाढी पहिरो प्रभावित परिवारले अस्थायी आवासका लागि ५० हजार रुपैयाँ राहत पाउने भएका छन्। बैठकले बाढी पहिरोबाट प्रभावितलाई तत्काल उद्धार, राहत वितरण र पुनर्स्थापना गर्ने निर्णय गरेको हो।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले दुई किस्ता २५/२५ हजार गरी स्थानीय तहमार्फत रकम प्रभावित परिवारलाई उपलब्ध गराउने तयारी गरेको बताए। सिन्धुपाल्चोक, मनाङलगायत जिल्लाका प्रभावित परिवारले राहत पाउने भएका हुन्।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ५ : ०५ बजे

५ करोड बजेटसहित ‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको