मधेसमा सरकार गठन अन्योलमा, कुनै दलले दाबी पेस गर्न सकेन « Khabarhub

मधेसमा सरकार गठन अन्योलमा, कुनै दलले दाबी पेस गर्न सकेन


४ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच सहमति जुट्न नसक्दा सत्ता समीकरण अन्योलमा परेको छ ।

सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा सकिन लाग्दासमेत कुनै दलले स्पष्ट बहुमतसहित दाबी पेस गर्न सकेका छैनन् ।

सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा दलहरूबीच सहमति नजुट्दा नयाँ सरकार गठन प्रक्रिया लम्बिएको हो । नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव आफ्नो नेतृत्वमा सरकार गठन गर्ने प्रयासमा छन् । तर, नेपाली कांग्रेसले उनलाई समर्थन गर्ने विषयमा सहमति जनाइसकेको छैन ।

यसैबीच, नेपाली कांग्रेसका संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादव, एमाले संसदीय दलका नेता सरोजकुमार यादव र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेता युवराज भट्टराई अन्तिम समयमा प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।

उता, जनता समाजवादी पार्टी (जसपा) नेपाल भने एमालेसँग मिलेर सरकार गठन गर्ने पक्षमा देखिएको छैन ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  ४ : ४६ बजे

निर्वाचन आयोगको वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस

गण्डकी– निर्वाचन आयोगको २०औँ वार्षिक प्रतिवेदन गण्डकी प्रदेशका प्रमुख डिल्लीराज

मधेसमा सरकार गठन अन्योलमा, कुनै दलले दाबी पेस गर्न सकेन

जनकपुरधाम- मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच सहमति जुट्न

भारत ‘ए’ ले गुमायो तेस्रो विकेट, वैभव सूर्यवंशी आउट

काठमाडौं- एसीसी एसिया कप राइजिङ स्टारमा अहिले नेपाल र भारत

दक्षिण कोरियामा १० वर्षपछि हैजा

एजेन्सी – दक्षिण कोरियामा एक दशकपछि पहिलो पटक हैजाको सङ्क्रमण

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले एन्टिमाइक्रोबियल औषधिको जथाभावी