बाढी प्रभावितहरुको उद्धारमा जुट्न कार्यकर्तालाई नेता नेपालको निर्देशन « Khabarhub

बाढी प्रभावितहरुको उद्धारमा जुट्न कार्यकर्तालाई नेता नेपालको निर्देशन


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धार कार्यमा जुट्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन्।

अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न जिल्लाहरुमा ठूलो क्षति भएपछि उनले तत्काल राहत तथा उद्धारमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बाढी पहिरोबाट प्रभावित स्थानहरूमा तत्काल उद्दार कार्यमा जुट्न स्थानीय पार्टी कार्यकर्ता, सरकारी निकाय तथा सम्पूर्ण जनसमुदायमा हार्दिक अपील गर्दछु ।’

उनले प्रभावितहरूलाई बाँच्नका लागि न्यूनतम राहत, आवास, लत्ता कपडा एवम् स्वास्थ्य सामग्री सहितको व्यवस्थाका लागि सरकार एवम् परोपकारी संस्थाहरूको ध्यानाकर्षण समेत गराएका छन्। उनले बाढी पहिरोको जोखिम रहेका क्षेत्रमा सतर्कता अपनाउन समेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ६ : १९ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस