बझाङका एमाले नेता रोकायाको निधन « Khabarhub

बझाङका एमाले नेता रोकायाको निधन


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ– नेकपा (एमाले)का बझाङ जिल्ला कमिटी सदस्य एवं खप्तड पर्यटन विकास समितिका सदस्य मिश्र रोकायाको निधन भएको छ ।

खप्तडछान्ना गाउँपालिका–५ माझी गाउँका रोकायालाई दुई हप्ता अघि जिल्ला अस्पताल सिमखेतमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि जिल्ला अस्पताल सिमखेत र पछि थप उपचारको लागि डडेलधुरा प्रादेशिक अस्पताल लगिएको थियो ।

पछिल्लो समयमा कोरोना रिपोर्ट नेगेटिभ आएको तिन दिनपछि उनको निधन भएको छ । थप उपचारका लागि काठमाडौँ लाने तयारी भए पनि मौसमले साथ नदिएको परिवारले जनाएको छ ।

विसं २०७४ को चुनावमा खप्तडछान्ना गाउँपालिका अध्यक्षका उम्मेदवार समेत भएका थिए । उनको निधनले खप्तड छान्ना गाउँपालिकाले एक अशल अभिभावक गुमाएको रोकाया आफन्त समेत रहेका वडाध्यक्ष भीम रोकायाले बताए । रोकायाका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

रोकायाको निधनमा एमाले सुदूरपश्चिमका नेता तथा पूर्वमन्त्री भानुभक्त जोशीले श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ९ : १५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु