ललितपुरको हात्तीवनमा डुबान, खाद्यान्न गोदाममा ढल पस्यो (भिडियोसहित) « Khabarhub

ललितपुरको हात्तीवनमा डुबान, खाद्यान्न गोदाममा ढल पस्यो (भिडियोसहित)


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अविरल वर्षासंगै ढलनिकास राम्रो नहुदा ललितपुरको हात्तीवन डुबानमा परेको छ ।

लगातारको वर्षाले हात्तीवनस्थित खरिबोटमा दुई वटा घर डुबेका छन् । अव्यवस्थित ढलका कारण हात्तीवन डुबानमा परेको स्थानीयको भनाइ छ । गत वर्ष पनि यस्तै समस्या भोगेको भएपनि सम्बन्धित निकायले चासो नदिँदा यो वर्ष पनि क्षति व्यहोर्नु परेको स्थानीयबासीन्दाले बताए ।

स्थानीय गोदावरी खोलाको पानी घरमा पस्दा झण्डै एक करोड ५० लाख बराबरको क्षति भएको स्थानीय व्यवसायीको भनाइ छ ।

गोदामको रुपमा प्रयोग गरिएको घरमा पानी पस्दा २ सय बोरा भन्दा बढी मसुरोको दाल, २ सय बोरा कालो दाल, ५ सय बोरा चामल लगायत खाद्यवस्तुमा क्षति पुगेको छ । सडक बनाउँदा गोदावरीदेखिको ढल बनाएको र यो स्थानमा आउँदा ठेकेदारले व्यवस्थित नबनाउँदा डुबानमा परेको स्थानीय लवकुमार खड्काले बताए ।

सम्बन्धित निकायले ढल निकासमा ध्यान नदिँदा डुवानको चपेटामा परेको स्थानीयको गुनासो छ ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ९ : ०५ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस