ललितपुरको हात्तीवनमा डुबान, खाद्यान्न गोदाममा ढल पस्यो (भिडियोसहित) « Khabarhub

ललितपुरको हात्तीवनमा डुबान, खाद्यान्न गोदाममा ढल पस्यो (भिडियोसहित)


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अविरल वर्षासंगै ढलनिकास राम्रो नहुदा ललितपुरको हात्तीवन डुबानमा परेको छ ।

लगातारको वर्षाले हात्तीवनस्थित खरिबोटमा दुई वटा घर डुबेका छन् । अव्यवस्थित ढलका कारण हात्तीवन डुबानमा परेको स्थानीयको भनाइ छ । गत वर्ष पनि यस्तै समस्या भोगेको भएपनि सम्बन्धित निकायले चासो नदिँदा यो वर्ष पनि क्षति व्यहोर्नु परेको स्थानीयबासीन्दाले बताए ।

स्थानीय गोदावरी खोलाको पानी घरमा पस्दा झण्डै एक करोड ५० लाख बराबरको क्षति भएको स्थानीय व्यवसायीको भनाइ छ ।

गोदामको रुपमा प्रयोग गरिएको घरमा पानी पस्दा २ सय बोरा भन्दा बढी मसुरोको दाल, २ सय बोरा कालो दाल, ५ सय बोरा चामल लगायत खाद्यवस्तुमा क्षति पुगेको छ । सडक बनाउँदा गोदावरीदेखिको ढल बनाएको र यो स्थानमा आउँदा ठेकेदारले व्यवस्थित नबनाउँदा डुबानमा परेको स्थानीय लवकुमार खड्काले बताए ।

सम्बन्धित निकायले ढल निकासमा ध्यान नदिँदा डुवानको चपेटामा परेको स्थानीयको गुनासो छ ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ९ : ०५ बजे

प्रधानमन्त्री राहत कोषमा हेटौँडा स्कूल अफ म्यानेजमेन्टको बीस लाख

हेटौँडा– रसुवाका बाढीपीडितलाई राहत तथा उद्धारका लागि हेटौँडा स्कूल अफ

बाढीपीडितलाई सुदूरपश्चिम सरकारको दुई करोड सहयोग

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी बाढीपीडितको राहत तथा पुनः स्थापनाका

बाढी–पहिरो प्रभावित तीन जिल्लामा एनसेलका १४ टावर पुनः सञ्चालन

काठमाडौं– बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङ

कैलाश तीर्थयात्रामा बाढीको असर

काठमाडौं–  नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएकामध्ये कैलाश

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी र एस्टन भिल्लाले साविक विजेता पीएसजीसँग खेल्ने

काठमाडौं- युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिगको