सिन्धुपाल्चोक बाढी पहिरो : कहाँ कति क्षति (भिडियोसहित) « Khabarhub

सिन्धुपाल्चोक बाढी पहिरो : कहाँ कति क्षति (भिडियोसहित)


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्चीस्थित इन्द्रावती नदीमा आएको बाढीमा परी एक जनाको ज्यान गएको छ भने २० जनाभन्दा बढी बेपत्ता भएका छन् । बाढीमा परी ५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निर‍ीक्षक सञ्जिव योन्जनका अनुसार बुधबार दिनभरमा ७४ जनालाई उद्धार गरी सुरक्षित ठाउँमा सारिएको छ ।

घाइते भएका ५ जना मध्ये ४ जनाको अस्पालमा उपचार भइरहेको उनले बताए । एक जनाको धुलिखेल अस्पताल र ३ जनाको ललितपुरस्थित बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ ।

बाढी पहिरोमा परी २० जना सम्पर्कबिहीन भएको जानकारी प्राप्त भएको निरीक्षक योन्जनले खबरहबलाई बताए ।

उनका अनुसार बाढी पहिरोका कारण हालसम्म चार पक्की पुल र पाँचवटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । यस्तै नदी आसपासमा रहेका सात वटा माछा फार्म बगेका छन् ।

बाढी पहिरोले कति घरमा क्षति पुग्यो भन्ने यकिन तथ्यांक भने आइ नसकेको निरीक्षक योन्जनले बताए ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले भने १६ जना बेपत्ता भएको पुष्टि गरे । सम्पर्कमा नआएका अन्यबारे जानकारी लिने काम भइरहेको उनले बताए ।

जिल्लामा राहत व्यवस्थापन र उद्धारका लागि नेपाली सेनाको तीन वटा हेलिकोप्टर परिचालन गरिएको छ । गृह मन्त्रालयबाट खाद्यान्न, त्रिपाल, टेन्ट र स्लिपिङ ब्यागलगायतका सामग्रीको व्यवस्थापन भएको छ ।

यस्तै, मेलम्चीमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको संरचनामा क्षति पुगेको छ । के कति क्षति पुगेको भन्नेबारे विवरण आइनसकेको आयोजनाले जनाएको छ ।

हेर्नुहोस् हेलिकोप्टरबाट खिचिएको भिडियो

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ८ : २१ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस