आफैँ गर्नुस मधुमेहको जाँच « Khabarhub

आफैँ गर्नुस मधुमेहको जाँच



मधुमेहको दीर्घकालीन समस्या झेलिरहेकाहरूले मधुमेहमाथि निगरानी गरिरहनु पर्ने हुन्छ ।

मधुमेहको औषधि सेवन गरिरहेका, ईन्सुलिन लिइरहेका र मधुमेहको कारणले स्वास्थ्यमा जटिलता उत्पन्न भइसकेकाहरूले नियमित रुपमा आफ्नो ब्लड शुगरको लेवल थाहा पाउनु पर्ने हुन्छ ।

अझै मधुमेह विशेषज्ञ चिकित्सकहरू त मधुमेह रोगीले हरेक भोजन (बिहानको खाजा, दिउँसोको खाना र रातिको खाना) पश्चात आफ्नो ब्लड शुगर थाहा पाउनु पर्ने र शुगरको स्तर अनुसार नै खानपान गर्ने र इन्सुलिन लिनु पर्ने पद्धति माथि जोड गर्नुहुन्छ ।

यसरी दिनमा ३ पल्ट थाहा पाउनु पर्ने मधुमेहको स्तर जाच्न हरेक पल्ट प्रयोगशाला जान स्म्भव हुदैन र प्रयोगशालाको कष्टकारक ब्लड ड्रोइङ्ग र उच्च मूल पनि बिरामीको लागि प्रयोगात्मक हुन सक्दैन ।

यस्तो परिस्थिति आजकल डाक्टरहरू विरामीलाई घरमै ब्लड शुगरको जाँच गर्न सल्लाह दिने गर्छन । अरु कसैको सहायता बिना पनि जाच्न सकिने भएकाले यो पद्धतिलाई Self Monitoring of Blood Glucose (SMBG) भनिन्छ ।

आफ्नो ब्लड शुगर स्तर माथि निगरानी राख्न ग्लूकोमिटर भन्ने शुगर चेक गर्ने यन्त्रको आवश्यकता पर्दछ । ग्लूकोमिटर गोजीमा बोकेर हिड्न सकिने यन्त्र हो । यसले केशिका (धमनी) मा भएको ब्लड ग्लुकोज मापन गर्दछ ।

फलतः शिरबाट गरिएको टेष्ट भन्दा १०/१५% बढी रिडिङ्ग दिन्छ । ग्लकोमीटरले ब्लड ग्लुकोज जाच्न रगतको सानो थोपा कफि हुन्छ । आफैँले ब्लड ग्लुकोजको मोनिटरिङ्ग गर्ने गर्दा औषधिको प्रभाव, खानेकुराको ब्लड ग्लूकोजमा असर, हाइपोग्लाईसेमिया, कोमा जस्ता मेडिकल इमरजेन्सीका आकलन गर्न सकिने हुँदा सबै मधुमेहका रोगीले Self Monitoring of Blood Glucose (मधुमेहको आफै निगरानी) गर्नु कला सिक्नुपर्ने हुन्छ ।

कसरी जाँच्ने ?

१) मधुमेहको आफै जाँच गर्नका लागि ग्लुकोमीटर भन्ने यन्त्रको आवश्यक हुन्छ । यो यन्त्रको तीनवटा पार्ट—पुर्जाहरू हुन्छन् ।
(१) ग्लुकोज नाप्ने डीजीटल यन्त्र (२) टेष्ट स्ट्रिप र (३) रगत निकाल्ने ल्यानसेट ।

२) ब्लड शुगरको आफैँ जाँच गर्न सर्वप्रथम तातो पानीले हात धोएर हातलाई सफा तौलीले पुछी सुख्खा गर्नु पर्ने हुन्छ ।

३) अव बट्टाबाट ल्यान्सेट निकालेर पङचरीङ्ग पेनमा फीट गर्नुहोस् कति गहिरो प्रिक गर्नुपर्ने हो सोही अनुसार टुप्पामा भएको ढक्कन हटाएर टीप एक्सपोज गर्नुहोस् । पेनमा अंक सेट गर्नुहोस् ।

४) अब ग्लूकोमीटरलाई अन गरी त्यसमा टेष्ट स्ट्रीप फिट गर्नुहोस । मिटरले रगत मागेको संकेत गर्दछ ।

५) अब कुनै एक औलाको टुप्पालाई रेक्टीफाइड स्प्रीटले राम्ररी सफा गर्नुहोस् ।

६) पंङचरीङ्ग पेनमा भएको ल्यान्सेटलाई सफा गरिएको औलामा टासेर पेनको बटम दवाईदिनुहोस् ।

७) औलालाई विस्तारै निचोरेर रगतको सानो थोपा निकाल्नुहोस् ।

८) रगतको थोपालाई अब टेष्ट स्ट्रिपको टुप्पामा छुवाईदिनुहोस् रगत विस्तारै टेष्ट स्ट्रीपमा जान्छ र केही सेकेण्ड मै तपाईको ब्लड सुगरको लेबल देखाइदिन्छ ।

९) रिडिङ्ग आइसकेपछि ल्यान्सेट र स्ट्रीपलाई सुरक्षित ठाँउमा बिसर्जन गर्नुहोस् ।

१०) औलाबाट खुन ज्यादा हुन नदिन सफा कटनले औला थिचिरहनु होस् ।

फाईदा :
१) कुन खोनकुराले कति ब्लड ग्लुकोज बढाउछ भन्ने थाहा पाउन मद्दत गर्दछ ।

२) कुने औषधीले कति काम गर्दो रहेक कुन स्तर सम्म शुगर कन्ट्रोल गर्दो रहेछ भन्ने थाह पाउन मद्दत गर्दछ ।

३) हाइपोग्लाइसेमीया कोमा ब्लड ग्लुकोज कम भएर हुने बेहोसी ठम्याउन मद्दत गर्दछ ।

४) ब्लड सुगरलाई नियन्त्रण गर्न मद्दत गर्दछ ।

ब्लड सुगरको जाँचः मधुमेहका रोगीले कतिखेर गर्नू पर्छ ?

१) लामो यात्रामा जानुपूर्व ।
२) कडा शरीरिक परिश्रम गर्नु पूर्व र पश्चात
३) पावर-टूलहरू चलाउँदा
४) इन्सुलीनको मात्र मिलाउनु पूर्व र मिलाईसके पश्चात ।
५) खानामा गडवढी हुन गएमा ।
६) तनावको स्थितिमा ।

लेखक भरतपुर-१ वागीश्वरी चितवनस्थित योगी नरहरिनाथ योग तथा प्रकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ५ : ५७ बजे

‘होल्डिङ सेल्टरमा बिजोग छ’

काठमाडौं– करिब तीन हप्ताभित्र व्यवस्थापन गर्ने बाचा गरेर सरकारले सुकुम्वासी

अर्थमन्त्रीले राष्ट्रपतिलाई गराए नयाँ बजेटबारे जानकारी

काठमाडौं- अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको

प्रधानमन्त्रीको प्रत्यक्ष निगरानीका आयोजना नै अलपत्र, डेढ दशक बित्दा पनि पूरा भएनन्

काठमाडौं- राष्ट्रिय आयोजना आयोगका अध्यक्षमा प्रधानमन्त्री स्वयम् रहने व्यवस्था देशका

राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रममा सात लाख बेरोजगार सूचीकृत

काठमाडौं– सरकारद्वारा सञ्चालित ‘राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम’ मा चालु आर्थिक