एकै गाउँका १२ बालबालिका कोरोना सङ्क्रमित, नयाँ भेरियन्टको आशङ्का « Khabarhub

एकै गाउँका १२ बालबालिका कोरोना सङ्क्रमित, नयाँ भेरियन्टको आशङ्का


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतको एउटा गाउँमा १२ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कुश्मा नगरपालिका–८ चुवामा १२ बालबालिका कोरोना सङ्क्रमित भएका हुन् ।

जिल्लाभर बालबालिका सङ्क्रमित कम मात्रामा भइरहेको अवस्थामा पछिल्लो एक हप्तामा चुवामा एकैपटक १२ बालबालिका सङ्क्रमित भएका हुन् ।

वडाध्यक्ष राजकुमार क्षेत्रीका अनुसार १३ महिनादेखि ११ वर्ष उमेर समूहका बालबालिका सङ्क्रमित भएका हुन् । रुघाकोकी, ज्वरोलगायतका लक्षण देखिएपछि गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको उनले बताए ।

उनले बालबालिका धमाधम सङ्क्रमित भएकाले यो नयाँ खालको भेरियन्टको आशङ्का गरिएको बताए । अनुसन्धानकर्ताले तेस्रो लहरको सङ्क्रमणले बालबालिका प्रभावित हुने प्रक्षेपण गरेका थिए ।

पर्वतको यो सङ्क्रमणको घटना तेस्रो लहरको सङ्केतका रूपमा व्याख्या गरे पनि भेरियन्टको परीक्षण गर्न स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशलाई अनुरोध गरिएको वडाध्यक्ष क्षेत्रीले बताए ।

चुवामा मात्रै अहिले बालबालिकासहित विभिन्न उमेरका ४२ जना सक्रिय सङ्क्रमित रहेका छन् । वडाले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी र अक्सिजनसहितको आइसोलेशन सञ्चालन गरेको छ । सङ्क्रमितलाई निःशुल्क उपचार, औषधि र अक्सोमिटरसमेत वितरण गरिँदै आएको छ ।

पर्वतमा सक्रिय सङ्क्रमितको सङ्ख्या २०० रहेको छ । दोस्रो लहरमा सङ्क्रमित भएका दुई हजार १४६ मध्ये एक हजार ९२१ जना निको भएका हुन् । कोरोना सङ्क्रमणबाठ अहिलेसम्म ५८ जनाले ज्यान गुमाएका छन् । रासस

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ९ : १५ बजे

पार्टी विरोधी गतिविधिमा लाग्नेलाई कांग्रेसको अनुशासन समितिले कारबाही गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि

यस्तो छ ५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक (पूर्णपाठ)

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाइँदै

काठमाडौँ– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

बझाङमा जिप दुर्घटना: चालकको मृत्यु, दुई घाइते

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको

संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

काठमाडाैँ – सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष