मतभिन्नताले चीनसँग समन्वय गर्न कठिन रहेको न्युजिल्याण्डको भनाइ « Khabarhub

मतभिन्नताले चीनसँग समन्वय गर्न कठिन रहेको न्युजिल्याण्डको भनाइ


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– न्युजिल्याण्ड र चीनबीच चासो र मुल्य मान्यतामा मतभेदका कारण समन्वय कठिन भएको न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डर्नले बताएकी छन् ।

प्रधानमन्त्री अर्डर्नले न्युजिल्याण्ड र चीनबीच केही विषयहरुमा कहिले पनि एकमत हुन नसक्ने भन्दै यसैकारण समन्वय गर्न कठिन भईरहेको बताईन् ।
न्युजिलयाण्डको अकल्याण्ड शहरमा आयोजित चीन व्यापार सम्मेलनमा प्रधानमन्त्री अर्डर्नले यस्तो बताएकी हुन् । यधपी दुई देशबीचको मतभिन्नताले मात्र द्विपक्षीय सम्बन्धलाई परिभाषित नगर्ने उनले बताईन् ।

मुलुकको चासो र मान्यताले व्याबस्था निर्माण हुने भन्दै चीन र न्युजिल्याण्डबीच यी नै मुख्य विषयमा मतभिन्नता रहेका कारण दुई देशबीच समन्वय कठिन भईरहेको प्रधानमन्त्री अर्डर्नले बताईन् ।

चीनसँगको यस्ता मत भिन्नता रहेका कारण नै इन्डो प्यासिफिक क्षेत्र, यूरोप तथा अन्य क्षेत्रहरु पनि यी विषयमा सहमत हुन नसककेको उनले टिप्प्णी गरेकी छन् । न्युजिल्याण्ड को साझेदारहरु अमेरिका र अष्ट्रेलियाको चीनसँग सम्बन्ध चिसिएको बेला प्राधानमन्त्री मर्डर्नले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

यधपी, न्युजिल्याण्ड चीनसँग कठोर हुन नसकेको भन्दै साझेदार मुलुकहरुले असन्तुष्टि व्याक्त गर्दै आएका छन् । प्यासिफिक क्षेत्रमा चीनको प्रभाव बिरुद्ध न्युजिल्याणले कठोर आलोचना गर्न नसकेको भन्दै अमेरिका र अस्ट्रेलिया असन्तुष्ट बनेको अबस्थामा प्रधानमन्त्री अर्डर्नले यस्तो टिप्पणी गरेकी दिएकी हुन् । स्रोत : सिफि

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ९ : २७ बजे

अख्तियार विश्वास जगाउने संस्था हुनुपर्छ : कानुनमन्त्री गौतम

काठमाडौं- कानुनमन्त्री सोबिता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग निष्पक्ष, स्वतन्त्र

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भए मुद्दा हाल्नू, कठघरामा उभिन तयार छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।