वकिल राख्न ब्रिटनीलाई अदालतले दियो अनुमति « Khabarhub

वकिल राख्न ब्रिटनीलाई अदालतले दियो अनुमति


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(दैनिक भास्कर)– आफ्नो पिताको संरक्षणबाट बाहिर आउन अदालती लडाइँ लडिरहेकी पपस्टार ब्रिटनी स्पीयर्सलाई अदालतबाट राहत मिलेको छ । अदालतले आफ्नो पछिल्लो सुनुवाईमा ब्रिटनीका पिता जेमी स्पीयर्सलाई संरक्षकबाट हटाउन अस्वीकार गरेको थियो । अहिले जेमीले नै ब्रिटनीको संरक्षण गरिरहेका छन् ।

लएसञ्जल्स अदालतमा पुनः यो मामलामा सुनुवाई भएको थियो । सुनुवाईको समयमा ब्रिटनीले न्यायधिशलाई न्यायधिशले पिता जेमीलाई आफ्नो जिन्दगी बर्बाद गर्न अनुमति दिएको आरोप लगाएकी थिइन् ।

यसपछि अदालतले ब्रिटनीलाई आफ्नो वकिल छान्न अनुमति दिएको छ । अब ब्रिटनीको मुद्दा मेथ्यू रोजेनगर्टले हेर्नेछन् । उनले यसअघि सीन पेन र स्टीवन स्पीलवर्गको मुद्धा हेरिसकेका छन् । रोजेनगर्टले यदि ब्रिटनीको पिताले साँच्चै ब्रिटनीलाई प्रेम गर्ने भए उनीहरु अलग्गिने यही समय उपयुक्त रहेको बताएका छन् ।

ब्रिटनीले पछिल्लो सुनुवाईमा अदालतमा आफू पिताबाट छुटकारा चाहेको बताएकी थिइन् । उनले आफ्नो संरक्षणको समयमा भएको दुव्र्यवहारको मामला जेमीमाथि लागोस् भन्ने चाहेको खुलाइन् ।

करीब १० मिनेटको आफ्नो बयानमा ब्रिटनीले आफू पितासँग निकै डराएको बताएकी थिइन् ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  १२ : १५ बजे

पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका –१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा

आशा भोसलेको त्यो अन्तिम नेपाल भ्रमण, गरेकी थिइन् – मृत्युलाई जोडेर व्यङ्ग्य

काठमाडौं – भारतीय गायिका आशा भोसलेले ०७६ पुसमा गरेको नेपाल

दुईदिने बिदाले अस्पतालका सेवाग्राही मारमा; मन्त्रालय भन्छ- सेवा दिनुपर्छ, चिकित्सक भन्छन्- सकिँदैन

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा बढ्दो कच्चा तेलको मूल्य र वैदेशिक मुद्रा

हाइटीमा भागदौड हुँदा ३० जनाको मृत्यु

पोर्ट ओ प्रिन्स- हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको

१९ केजी गाँजासहित युवक पक्राउ

सिरहा- सिरहाको जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ