चितवनमा आजदेखि खोप अभियान शुरु « Khabarhub

चितवनमा आजदेखि खोप अभियान शुरु


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लामा आजदेखि कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ । जिल्लाका सबै पालिकामा यो अभियान सञ्चालन गरिएको हो ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार ५५ वर्षमाथिका सबै नागरिकलाई आज र भोलि यो खोप दिइने छ । नागरिकता वा अन्य परिचय खुल्ने सरकारी कागजात लिएर आउनेलाई खोप लगाइने छ । यही साउन ३ गते सरकारी, निजी र सामुदायिक विद्यालय तथा क्याम्पसका प्राध्यापक, शिक्षकलाई खोप लगाइने छ । यसका लागि सम्बन्धित पालिकाको शिक्षा शाखाबाट प्रमाणित गरेको प्रतिलिपि र कार्ड अनिवार्य गरिएको कार्यालयका प्रमुख दीपकप्रसाद तिवारीले बताए ।

यसैगरी यसअघि नै तोकिएको तर खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, कर्मचारी, पत्रकार, बैंक कर्मचारी, सुरक्षाकर्मी, संंस्थान कर्मचारी, जनप्रतिनिधि सबैले यो खोप लगाउन पाउने छन् । परिचय र प्रमाण खुल्ने कागजात लिएर सम्बन्धित खोप केन्द्रबाट खोप लगाउने व्यवस्था गरिएको उनले जानकारी दिए ।

यस्तै खोप अनिवार्य गरेका देशमा जानुपर्ने व्यक्तिले पासपोर्टमा भिसा लागेको प्रमाणसहित आएमा उनीहरुलाई पनि यो खोप दिइने प्रमुख तिवारीले बताए । सार्वजनिक सवारीका चालक र सहचालकलाई लाइसेन्स र सम्बन्धित निकायबाट प्रमाणसहित आएमा खोप लगाउने व्यवस्था गरिएको छ ।

तोकिएका समूहबाहेक अन्यलाई यो खोप दिन नमिल्ने बताउँदै उनले भने, “तोकिएका समूहबाहेक अरुलाई खोप दिन मिल्दैन । यसअघि कोभिशिल्ड पहिलो डोज लगाएकालाई पनि यो खोप लगाउन मिल्दैन ।” खोपसम्बन्धी केही समस्या भएमा सम्बन्धित वार्डको स्वास्थ्य संस्थाबाट जानकारी लिन सकिने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  १२ : २० बजे

कृषि तथा वन विज्ञान विश्वविद्यालय : अध्ययन बिदा छानबिन गर्न समिति गठन

चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका शिक्षक तथा कर्मचारीले

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) बाट

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य