एमाले स्थायी कमिटी बैठक शुरु « Khabarhub

एमाले स्थायी कमिटी बैठक शुरु

पार्टीले रचनात्मक र सक्रिय प्रतिपक्षको भूमिका निभाउने अध्यक्ष ओलीको भनाइ


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको स्थायी कमिटी बैठक शुरु भएको छ ।

बैठक तुलसीलाल अमात्य प्रतिष्ठानको कार्यालयमा जारी छ । पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीबाट बाहिरिएपछि पहिलोपटक बालुवाटारबाहिर एमाले बैठक बसेको हो ।

बैठकमा अध्यक्ष ओलीले सर्वोच्च अदालतको परमादेशबाट जनताको समर्थन प्राप्त सरकार ढालिएको भन्दै एमाले अब आफ्ना नीति, विचार र कार्यक्रम लिएर जनताबीच जाने बताएका छन् ।

बैठकमा एमाले अध्यक्ष ओलीले अब आफ्नो पार्टीले रचनात्मक र सक्रिय प्रतिपक्षको भूमिका निभाउने बताएका छन् ।

उनले मुलुकको राजनीतिलाई गति दिन रचनात्मक र सक्रिय प्रतिपक्षको भूमिका बताए । उनले भने, ‘हामी हाम्रा विचारहरू हाम्रा आदर्श, हाम्रा उद्देश्य,हाम्रा नीति कार्यक्रम लिएर जनताका बीचमा जाँदैछौ र यसरी जाँदा जनताको समर्थन व्यापक प्राप्त गर्नेछौ ।’

ओलीले अदालतको आदेशले गठबन्धनको सरकार बने पनि जनमत एमालेको पक्षमा रहेको भन्दै संगठन र संघर्षलाई मुख्य प्राथमिकता दिइने बताएका छन् ।

बैठकमा दश बुँदे सम्झौता,अदालतको फैसला र आगामी संघर्ष तथा को विषसंगठनयमा छलफल हुने एजेण्डा रहेको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  १२ : ३२ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।