बीपी प्रतिष्ठानको समस्या समाधान गर्न कार्यदल गठन « Khabarhub

बीपी प्रतिष्ठानको समस्या समाधान गर्न कार्यदल गठन


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा देखिको समस्या समाधानका लागि सरकारले कार्यदल गठन गरेको छ ।

प्रधानमन्त्री कार्यालयका वरिष्ठ सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा सरकारले आठ सदस्यीय कार्यदल गठन गरेको हो । सरकारले आन्दोलनरत पक्षसँग वार्ता र छलफल गरी समस्या समाधानका लागि १५ दिनभित्र प्रतिवेदन पेश गर्न अर्यालको संयोजकत्वमा कार्यदल गठन गठन गरेको छ ।

कार्यदलका सदस्यसचिव एवं प्रधानमन्त्री कार्यालयका सहसचिव शङ्कर नेपालले कार्यदलले शुक्रबारबाट नै काम थालेको जानकारी दिए ।

प्रधानमन्त्री एवं कुलपति कार्यालयद्वारा बिहीबार सचिव अर्यालको अध्यक्षतामा गठन गरिएको कार्यदलमा प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय, कानून मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, सार्बजनिक खरिद अनुगमन र बीपी प्रतिष्ठानका प्रतिनिधि सदस्य छन् ।

प्रतिष्ठानमा कार्यरत चिकित्सक नर्स र विद्यार्थीले प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलन गरिरहेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ३ : ४५ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने