बालेनलाई भेटेका रेशम भन्छन् : नयाँजति सबैलाई प्रधानमन्त्री चाहिएको छ, मिल्ने सम्भावना मुस्किल देखेँ « Khabarhub

बालेनलाई भेटेका रेशम भन्छन् : नयाँजति सबैलाई प्रधानमन्त्री चाहिएको छ, मिल्ने सम्भावना मुस्किल देखेँ


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पुराना दलहरूको विकल्पका रूपमा नयाँ दल तथा समूह एकै ठाउँमा आउने सम्भावना कमजोर देखिएको एकजना नेता रेशम चौधरीले बताएका छन् ।

नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशमलाल चौधरीले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग बुधबार राति भएको भेटपछि नयाँहरू मिल्ने सम्भावना कजमोर रहेको बताएका हुन्।

आगामी फागु २१ गतेको निर्वाचनमा सहकार्यको सम्भावना खोज्न नयाँ दल र समूहबीच लगातार भइरहेको भेटघाटले परिणाम दिन नसक्ने निष्कर्ष चौधरीले निकालेका हुन् ।

‘सिद्धान्तको हिसाबले कुरा ठीक लाग्छ, तर व्यवहारमा सफल होला जस्तो देखिँदैन’, उनले निष्कर्षसहित भनेका छन् ।

पछिल्लो समय नयाँ र वैकल्पिक दलका नेताहरूसँगका संवादले एकले अर्कोको नेतृत्व स्वीकार्ने अवस्था कमजोर हुँदै गएको उनले बताएका छन् ।

बुधबार साँझ कुपण्डोलस्थित होटल हिमालयमा बालेनसँग रेशमको संवाद भएको थियो । उनले त्यहाँ बालेनलाई करिब १० मिनेट भेटेको बताएका छन् ।

थप छलफल गर्दै अघि बढ्ने कुरा भए पनि मिल्ने दिशातिर नयाँहरू नगएको उनको निष्कर्ष छ । दुवै पक्षले आफ्नो समूहभित्र कुरा राख्ने सहमति भएको उनले बताए ।

‘अहिले बालेनसँग जोडिएको कुनै औपचारिक राजनीतिक पार्टी छैन’, उनले भने, ‘२०७९ साल मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका बेला दर्ता भएको लौरो चुनाव चिह्नबाहेक उनको साथमा अर्को दल छैन।’

बुधबारको भेटमा सोमबार राति कमलपोखरीस्थित अशिम शाहको घरमा रवि लामिछानेसँग भएको ७ घण्टा लामो छलफलबारे कुराकानी नभएको चौधरीले बताए ।

विभिन्न समूहबीचको संवादमा जुटेका बालेनकै निकट सहयोगीले पनि एकले अर्कालाई नस्वीकार्ने समस्या रहेको बताएका छन् ।

‘रविले बालेनलाई नेतृत्वका रुपमा स्वीकारेर जाने सम्भावना अहिले देखिएको छैन,’ उनले भने, ‘रवि र उनको दलका नेताहरू पनि बालेनलाई नेतृत्वका रुपमा मानेर जाने पक्षमा देखिएका छैनन् ।‘

चौधरीले वैकल्पिक शक्तिहरूको जारी छलफल हेरेपछि कुलमान घिसिङ, रवि लामिछाने र रबालेन साह सबै आफैं प्रधानमन्त्री हुने दौडमा रहेको सुनाए ।

‘यी सबैजनाको लक्ष्य प्रधानमन्त्री बन्ने देख्यौँ। तर उनीहरू खुलेर भन्न सकेका छैनन् । बालेन, रवि, कुलमान र हर्क आफैं प्रधानमन्त्री हुने दौडमा छन् । त्यहीकारण उनीहरू मिलेर जान्छन् भने मैले देखेको छैन। उनीहरूबीच एकताको सम्भावना कमजोर छ। सबैजना महत्वाकांक्षी भएर कुरा बिग्रिँदै गयो ।’

केही दिनदेखि नयाँ शक्तिलाई एकै ठाउँमा ल्याउने योजनासहित बालेन र रविहरू छलफलमा जुटिरहेका छन्।

बुधबार राति बालेनले विभिन्न व्यक्तिहरूसँग छलफल गरे राप्रपा नेपालका प्रवक्ता ज्ञानेन्द्र शाहीदेखि डाक्टर भगवान कोइराला, कलाकार निश्चल बस्नेत, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी लगायतसँग बालेनको कुरा भयो ।

उनीहरूसँगको छलफलमा एउटै चुनाव चिह्न लिएर वैकल्पिक शक्ति अगाडि बढ्ने या मोर्चा बनाएर अगाडि जानेबारे कुरा भएको थियो । तर पदको आकांक्षाले उनीहरू मिलेर जाने सम्भावना कमजोर रहेको रेशमको तर्क छ।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ४ : ०९ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन