बीपी प्रतिष्ठानको समस्या समाधान गर्न कार्यदल गठन « Khabarhub

बीपी प्रतिष्ठानको समस्या समाधान गर्न कार्यदल गठन


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा देखिको समस्या समाधानका लागि सरकारले कार्यदल गठन गरेको छ ।

प्रधानमन्त्री कार्यालयका वरिष्ठ सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा सरकारले आठ सदस्यीय कार्यदल गठन गरेको हो । सरकारले आन्दोलनरत पक्षसँग वार्ता र छलफल गरी समस्या समाधानका लागि १५ दिनभित्र प्रतिवेदन पेश गर्न अर्यालको संयोजकत्वमा कार्यदल गठन गठन गरेको छ ।

कार्यदलका सदस्यसचिव एवं प्रधानमन्त्री कार्यालयका सहसचिव शङ्कर नेपालले कार्यदलले शुक्रबारबाट नै काम थालेको जानकारी दिए ।

प्रधानमन्त्री एवं कुलपति कार्यालयद्वारा बिहीबार सचिव अर्यालको अध्यक्षतामा गठन गरिएको कार्यदलमा प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय, कानून मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, सार्बजनिक खरिद अनुगमन र बीपी प्रतिष्ठानका प्रतिनिधि सदस्य छन् ।

प्रतिष्ठानमा कार्यरत चिकित्सक नर्स र विद्यार्थीले प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलन गरिरहेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ३ : ४५ बजे

कृषि तथा वन विज्ञान विश्वविद्यालय : अध्ययन बिदा छानबिन गर्न समिति गठन

चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका शिक्षक तथा कर्मचारीले

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) बाट

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य