सिभिल बैंकको सर्वाधिक ब्याजदरसहितको दुई नयाँ आकर्षक निक्षेप योजनाहरू « Khabarhub

सिभिल बैंकको सर्वाधिक ब्याजदरसहितको दुई नयाँ आकर्षक निक्षेप योजनाहरू


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिभिल बैंक लिमिटेडले सर्वाधिक ब्याजदर उपलब्ध गराउने दुई नयाँ निक्षेप योजनाहरू– सुपर प्रिमियम बचत खाता र खुत्रुके खाता (रिकरिंग डिपोजिट) ल्याएको छ ।

न्युनतम मौज्दात २५ हजार रहेको ‘सुपर प्रिमियम बचत खाता’ मा बैंकले वार्षिक ६.०१ प्रतिशतको सर्वाधिक ब्याजदर सहित ‘मेटलाईफ’ सँगको सहकार्यमा ६ वटा घातक रोगहरु (मेजर क्यान्सर, मेजर स्ट्रोक्स,पहिलो हृदयघात, पल्मनरी हाइपरटेन्सन, हार्ट भल्भ सर्जरी तथा कोरोनरी आर्टेरी डिजिज)को दुई लाख रुपैयाँसम्मको निःशुल्क औषोधपचार वीमा सुविधा प्रदान गर्नेछ ।

साथै निःशुल्कमोवाईल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएम कार्ड, एसएमएस बैंकिङ् सेवा पनि प्रदान गर्नेछ ।

त्यसैगरी खुत्रुके खातामा अन्य बैंकहरुले प्रदान गरिरहेको रिकरिंग डिपोजिटहरुमा जस्तै सर्त तथा बन्देजहरु नराखी बचत गर्न चाहने ग्राहकले दुई वर्ष देखि दश वर्षसम्मको अवधि चयन गरेर मासिक न्युनतम पाँच सय रुपैयाँदेखि माथि संचय गर्दै जान सक्नेछन्, कुनै महिनामा कुनै कारणबस जम्मा गर्न असमर्थ भएमा पनि कुनै किसिमको पेनाल्टी नतिरी आफुले निर्धारण गरेको समय सिमा पश्चात साँवा तथा ब्याजको एक मुष्ठ भुक्तानी पाउनेछन् ।

अझ यस खातामा सुपर प्रिमियम बचत खातामा भन्दा १ प्रतिशत थप ब्याज प्रदान गरिनेछ । केहि गरी अवधिको बीचमा आकस्मिक कारणले रकम आवश्यक भएमा संचित रकमको ७० प्रतिशत ऋणमा नै बिना झन्झट रकम निकाल्न सकिन्छ ।

यसको अतिरिक्त बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा पनि ८.७१ प्रतिशतको सर्वाधिक ब्याजदर पनि प्रदान गर्दै आइरहेको छ ।

विद्यमान कोरोना संक्रमणबाट सिर्जित कठिन अवस्थामा अन्य वित्तीय संस्थाहरुद्वारा निक्षेपमा प्रदान गरिएको ब्याजदरको तुलनामा ग्राहकको मेहनतको कमाईलाई कदर गर्दै आकर्षक ब्याज प्रदान गरिएको कारणले ग्राहकहरु लाभान्वित हुने कुरा बैैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ प्रमुख भोला ब. विष्टले बताए ।

जेष्ठ मसान्तसम्म निक्षेप तर्फ रु. २८.७९ अर्व (४७.८८ %) र कर्जा तर्फ रु. २९.७६ अर्व (५५.२८% ) वृद्धि गर्न सफल भएको सिभिल बैंकको वृद्धि प्रतिशत अन्य वाणिज्य बैंकहरुको वृद्धि प्रतिशतको तुलनामा सबैभन्दा बढी रहेको बैंकले दावी गरेको छ ।

त्यसैगरी बैंकले यस आर्थिक वर्षमा निष्क्रिय कर्जाको अनुपातमा समेत उल्लेख्य सुधार गरी १.१३% मा सिमित गर्न सफल भएको छ ।

गत असार मसान्तमा उक्त अनुपात २.३८% रहेको थियो । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा/योजनाहरु प्रदान गर्दै जाने पनि बताएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  १२ : ३२ बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल