चीनले नेपाललाई थप १६ लाख डोज खोप उपलब्ध गराउने | Khabarhub Khabarhub

चीनले नेपाललाई थप १६ लाख डोज खोप उपलब्ध गराउने


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीन सरकारले नेपाललाई कोभिड–१९ विरुद्धको थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ ।

आज बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँगको शिष्टाचार भेटमा नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीले चीन सरकारले अनुदानमा थप १६ लाख डोज खोप उपलब्ध गराउन लागेको जानकारी दिएकी हुन् ।

सर्वोच्च अदालतको आदेशमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री नियुक्त भएको चार दिनपछि चीनले राजदूत यान्छीमार्फत बधाई दिँदै अनुदानमा थप खोप दिन लागेको जानकारी गराएको हो ।

चीनले यसअघि पनि ८ लाख र १० लाख गरी १८ लाख मात्रा खोप अनुदान दिइसकेको छ ।

सरकारले चीनसँग ४० लाख मात्रा खोप खरिद गरेको छ ।

हेर्नुहोस् परराष्ट्र मन्त्रलायले जारी गरेको विज्ञप्ति

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ४ : ३६ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा