आर्थिक अवस्थालाई विश्लेषण गरेर चाँडै श्वेतपत्र जारी हुन्छ : अर्थमन्त्री शर्मा « Khabarhub

आर्थिक अवस्थालाई विश्लेषण गरेर चाँडै श्वेतपत्र जारी हुन्छ : अर्थमन्त्री शर्मा


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले मुलुकको पछिल्लो आर्थिक अवस्थालाई विश्लेषण गरेर श्वेतपत्र ल्याउने घोषणा गरेका छन् ।

सिंहदरबारस्थित अर्थमन्त्रायलमा आज आयोजित पत्रकार सम्मेलनमा उनले अहिले आफू अर्थतन्त्रको अध्ययनको क्रममा रहेको जानकारी दिए ।

“अहिलेसम्मको यथार्थ अवस्था के छ त ? त्यसले कतातर्फ कस्तो सङ्केत गरिरहेको छ ? श्वेतपत्र भन्नुस् वा यथार्थपत्र भन्नुहोस् मन्त्रालयको तर्फबाट प्रस्तुत गर्नेछु”, अर्थमन्त्री शर्माले भने ।

उनले सबै वस्तुस्थिति बुझेर केही दिनभित्रैमा अर्थतन्त्रको समग्र अवस्थाबारे सार्वजनिक गर्ने प्रतिबद्धता जनाए ।

सोही क्रममा सरकारको समग्र भावी योजनासमेत सँगसँगै सार्वजनिक गर्ने पनि उनले बताए । अर्थमन्त्री शर्माले अहिलेको परिस्थितिलाई सहज र आर्थिक क्रियाकलापलाई चलायमान गराउँदै गत वर्षको कमीकमजोरीलाई समेत सच्याएर अघि बढ्ने क्रममा मन्त्रालय रहेकोसमेत उनले उल्लेख गरे । सबै विषयमा मन्त्रालय गम्भीर छलफल गरी समाधानको उपाय खोजी गरिरहेकोसमेत उनले जानकारी गराए ।

अध्यादेशमार्फत आएको बजेट लगायतको विषयमा सदनमा प्रस्तुत हुने भएकाले त्यो सदनले नै निर्णय गर्ने उनले बताए ।

उनले आफूले जिम्मेवारी पाइसकेपछि दैनिक गर्नुपर्ने काम मात्रै गरिरहेको र समग्र विषयमा महाशाखाका अधिकारीसँगको छलफललाई तीव्र पारिरहेको उनले बताए ।

मन्त्री शर्माले भने, “सबै क्षेत्रका आआफ्ना माग छन्, समावेश गर्नुपर्ने कुरा पनि आएका छन्, सबै कुरा छलफलकै क्रममा छ, त्यसैको आधारमा मुलुकको आर्थिक मानचित्र तयार पारिनेछ ।”

उनले पुँजी बजारलगायतका समस्या रहेको जानकारी गराउँदै त्यसलाई सर्वसाधारण जनताको हितमा हुने गरी कसरी काम गर्न सकिन्छ भनेर योजना निर्माण गरिनसमेत आश्वासन दिए । उनका अनुसार पुँजीबजारले रु १४ अर्बको राजस्व योगदान गर्दै आएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ५ : ४२ बजे

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण

चिनियाँ अधिकृत ली लेयाङ : केरुङ आएको चार दिनमै बाढीमा परिन्, बुवाआमालाई बेइजिङ घुमाउने सपना अधुरै

काठमाडौं– चीन–नेपाल सीमास्थित भोटेकोशी नदीमा गत भदौ १० गते बिहान