पान्द्राङमा पहिरो हटाएर यातायात सञ्चालन « Khabarhub

पान्द्राङमा पहिरो हटाएर यातायात सञ्चालन


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरको भैंसे–भीमफेदी सडकखण्डको पान्द्राङ्मा आज दिउँसो खसेको सुख्खा पहिरो हटाई यातायात सञ्चालन गरिएको छ । पहिरो हटाएर हेटौँडा–भीमफेदीतर्फको यातायात सेवा अपराह्नबाट सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

भीमफेदी गाउँपालिका–२ पान्द्राङमा करिब १०० मिटरसम्म सुख्खा पहिरो खस्दा हेटौँडा–भीमफेदीतर्फको यातायात सेवा केही घण्टा अवरुद्ध हुनपुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले बताए ।

त्रिभुवन राजपथको हेटौँडादेखि नौबिसेसम्मको सडकखण्ड, कान्तिरापथको हेटौँडादेखि ललितपुरको सातदोबाटोसम्म र भीमफेदी–कुलेखानी हुँदै काठमाडौंतर्फको दैनिक यातायात सेवा सञ्चालनमा रहेको छ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ९ : ३० बजे

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका