वाग्मतीमा ८१ हजार हेक्टरमा रोपाइँ « Khabarhub

वाग्मतीमा ८१ हजार हेक्टरमा रोपाइँ


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाग्मती प्रदेशको १३ जिल्लामा असार मसान्तसम्ममा ८१ हजार हेक्टर खेती योग्य जमीनमा धान रोपाइँ सकिएको छ ।

वाग्मती प्रदेशमा समयमा नै वर्षा भएको कारणले नदी, खोला, नहर र आकाशे पानीले रोपाइँ समयमा गरिएको बताइएको छ । कतिपय ठाउँमा अझै रोपाइँ जारी छ ।

प्रदेशमा कूल एक लाख ३२ हजार २२८ हेक्टर जमीनमा धान खेती हुनेमध्ये ८१ हजार हेक्टर जमीनमा उक्त खेती भएको हो । प्रदेशमा गतवर्ष असार मसान्तसम्ममा ५२.२ प्रतिशत जमीनमा रोपाइँ गरीएको वाग्मती प्रदेशको भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १३ जिल्लामध्ये चितवनमा ६५ प्रतिशतभन्दा बढी धान रोपाइँ सकिएको छ । चितवनमा २८ हजार ६०० हेकटर क्षेत्रफलमध्ये १८ हजार ५९० हेक्टरमा रोपाइँ गरिएको बताइएको छ । मन्त्रालयका कृषि अधिकृत दीपेन्द्रमणि लामिछानेका अनुसार मकवानपुरमा सात हजार ७०० हेक्टर जमीनमा रोपाइँ सकिएको छ ।

यसैगरी सिन्धुलीमा १५ हजार ३०० हेक्टर क्षेत्रफलमध्ये नौ हजार ९४५ अर्थात ६५ प्रतिशत, धादिङ जिल्लामा १२ हजार हेक्टर क्षेत्रफलमध्ये चार हजार ८०० हेकटर अर्थात् ४० प्रतिशत रोपाइँ सकिएको छ । भक्तपुरमा चार हजार ३०० हेक्टर जमीनमध्ये चार हजार ८५ हेक्टर जमीन अर्थात ९५ प्रतिशतभन्दा वढी रोपाइँ सकिएको छ । काठमाडौंमा सात हजार ८८० हेक्टरमध्ये सात हजार ९२ हेक्टर अर्थात् ९० प्रतिशत जमीनमा रोपाइँ सकिएको छ ।

त्यस्तै काभ्रेप्लान्चोकमा सात हजार १५० हेक्टर र सिन्धुपाल्चोकमा पाँच हजार ५०० हेक्टरमा धान रोपाइँ भएको छ ।

मन्त्रालयका अनुसार नुवाकोटमा १४ हजार ५०० हेक्टर जमीनमध्ये ३० प्रतिशत अर्थात चार हजार ३०० हेक्टर र रसुवामा एक हजार ९३ हेक्टर क्षेत्रफलमध्ये ३५ प्रतिशत अर्थात ३८२ हेक्टर तथा ललितपुरमा चार हजार ६०० हेक्टर क्षेत्रफलमध्ये ९० प्रतिशत अर्थात चार हजार १८० हेक्टर जमीनमा रोपाइँ सकिएको छ ।

रामेछापमा आठ हजार ८१० हेक्टर क्षेत्रफलमध्ये ५६ प्रतिशत अर्थात चार हजार ९३३ हेक्टर र दोलखामा दुई हजार ९२० हेक्टरमध्ये एक हजार ९८५ हेक्टर अर्थात ६८ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ पूरा भएको मन्त्रालयले जनाएको छ । धानखेतीतर्फ किसानले जोड दिएपनि समयमा मल र गुणस्तरीय धानको बीउ नपाउनु किसानको समस्या रहेको मकवानपुरगढीका रामप्रसाद भण्डारीको गुनासो रहेको छ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  १० : ३० बजे

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ