प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने « Khabarhub

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सञ्चारकर्मीसँग आज भेटघाटका क्रममा उनले पार्टीको १४औँ महाधिवेशनमा आफूले महामन्त्रीमा प्रतिष्पर्धा गरेको भए पनि सफलता प्राप्त नभएको अवगत गराउँदै १५औँ महाधिवेशनमा महामन्त्रीमा नै प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेका हुन् ।

पार्टीभित्र कुन समूहबाट उम्मेदवारी हुन्छ भन्ने जिज्ञासामा उनले भने, “महामन्त्रीको उम्मेदवार सभापतिसहितको समूहबाट हुने पार्टीमा अभ्यास छ, अहिले यही समूह भन्ने निश्चित त भइसकेको छैन, तर मुलुकको वर्तमान परिस्थिति र जनताको भावनाअनुसार पार्टीमा नयाँपन दिनसक्ने सक्षम नेतृत्वसहितको समूह हुन्छ ।”  

सो अवसरमा नेता पौडेलले पार्टीको १५औँ महाधिवेशन सम्पन्न गरेर मात्र कांग्रेस नयाँ नेतृत्वका साथ आगामी फागुन २१ गते हुने आमनिर्वाचनमा जानुपर्ने बताए। 

उनले महाधिवेशनबाट नयाँ नेतृत्व, जेन-जी आन्दोलनको भावनाअनुसारको नीति र पार्टीलाई चलायमान बनाई पार्टी निर्वाचनमा होमिनुपर्नेमा जोड दिए । उनले आमनिर्वाचनले नै मुलुकको अहिलेको राजनीतिको दीर्घकालीन समाधान गर्ने बताउँदै निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारले चुस्त सुरक्षाको व्यवस्था र आवश्यक अन्य काम गर्नुपर्ने उल्लेख गरे ।

कांग्रेसले यही पुस २६ देखि २९ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन गर्ने निर्णय गरेको छ । तर हाल तोकिएको मितिमा महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि समयाभावका कारण महाधिवेशनको मिति केही पर धकेलिने निश्चित देखिएको छ । 

यही प्रसङ्गमा नेता पौडेलले पार्टीका आठ तहका निर्वाचनमध्ये हाललाई तीन तहका निर्वाचन सम्पन्न गरेर भएपनि १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने सुझाव दिए ।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ७ : ०८ बजे

अर्जेन्टिनीहरूका प्रिय ‘ब्याड ब्वाइ’

काठमाडौं – ‘आधुनिक फुटबलका राजा’ अर्जेन्टिनी स्टार लियोनल मेसीले विश्वकप

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम– दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो हतियार

आज २०८३ साल साउन २ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल साउन २ गते शनिबार सन् २०२६ जुलाई

विश्वकपमा अर्जेन्टिनाको राजनीतिक सन्देश, ‘माल्भिनास’ ब्यानरले किन मच्चायो विश्वभर बहस?

 काठमाडाैँ- विश्वकपको मैदानमा कहिलेकाहीँ एउटा गोलभन्दा पनि एउटा सन्देशले ठूलो