नेटवर्किङ व्यवसायबाट हुने ठगीबारे सचेत रहन वाणिज्य विभागको आग्रह « Khabarhub

नेटवर्किङ व्यवसायबाट हुने ठगीबारे सचेत रहन वाणिज्य विभागको आग्रह


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न व्यक्ति तथा कम्पनीहरुले गैरकानूनी रुपमा अनलाइनको माध्यमबाट नेटवर्किङ शैलीमा व्यवसाय संचालन गरी ठगी गरेको पाइएको भन्दै यसतर्फ सचेत रहन आग्रह गरेको छ ।

विभागले सूचना जारी गर्दै विभिन्न व्यक्ति तथा कम्पनीहरुले नेटवर्किङ शैलीमा व्यवसाय सञ्चालन गरी नेपाल तथा विदेशमा रहेका नेपालीहरुलाई त्यसमा आवद्ध गराइ ठगी गरेको तथा पुँजी पलायन गरेको गुनासो तथा उजीरीहरु विभागमा परेको भन्दै त्यसतर्फ सचेत रहन आग्रह गरेको हो ।

विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईंले स्वदेश तथा विदेशमै पनि सोजासाझा नेपालीहरुलाई यस्ता व्यवसायमा आवद्ध गराइ ठगी गर्ने गरेको पाइएको बताए ।

‘नेपाली उपभोक्ताको कमजोर चेतनास्तरको फाइदा उठाउँदै स्वदेश तथा विदेशमै पनि यसरी नेटवर्किङ व्यवसायमा फसाउने गरेको पाइएको छ, विदेशमा भएकाहरुले विदेशमै र नेपालमा भएकाहरुले नेपालमै यस्ता धन्दा चलाएर ठगी गर्नेहरुप्रति सचेत रहनुहोला’, प्रवक्ता सेढाईंले भने , ‘यस्तो ठगी धन्दामा संलग्नलाई कानून बमोजिम कडा भन्दा कडा कारबाही हुनेछ ।’

हाइपर फण्ड ग्लोबल, जोएकोल, सीआरयू, विन्टर, क्राउड वन, सोलेम्याक्स, पोइन्ट विस लगायतका स्वदेशी तथा विदेशी कम्पनीहरुले यस्तो काम गरिरहेको विभागद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘गुनासो तथा उजुरीका आधारमा केही व्यक्ति, फर्म तथा कम्पनीहरु उपर अनुसन्धान, जाँचबुझ तथा छानविन भइरहेको छ । त्यस्ता गैरकानूनी व्यावसायिक काम कारबाही गरे / गराएमा कानूनले १० लाख रुपैयाँसम्म वा ५ वर्षसम्म कैद वा दुबै सजाय हुन सक्ने व्यवस्था गरेको हुनाले त्यस्ता कार्य नगर्न/नगराउन तथा ठगीबाट सचेत रहन सबैमा सूचित गरिन्छ । ‘

वस्तुको प्रत्यक्ष विक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, २०७४ तथा नियमावली २०७६ ले इजाजत नलिइ वस्तुको प्रत्यक्ष बिक्री वितरण गर्ने सम्बन्धी व्यवसाय गर्ने, विभिन्न सदस्य बनाइ पिरामिड शैलीमा (नेटवर्किङ) व्यवसाय गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ । यस्तै उपभोक्ता संरक्षण ऐन २०७५ ले पनि यस प्रकृतिको कार्यलाइ अनुचित व्यापारिक क्रियाकलाप मानी दण्डनीय कसुरका रुपमा लिएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ८ : ०१ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर