काँग्रेस पदाधिकारी बैठक : महाधिवेशन केन्द्रित तीन विषयमा छलफल « Khabarhub

काँग्रेस पदाधिकारी बैठक : महाधिवेशन केन्द्रित तीन विषयमा छलफल


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रसले १४ औं महाधिवेशन केन्द्रीत तीन विषयमा छलफल गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले महाधिवेशन सम्बन्धी तीन वटा विषयमा छलफल गरेको हो ।

निर्वाचन सतिति, नेपाली काँग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समिति र समायोजन समितिका विषयमा छलफल भएको नेपाली काँग्रेसका नेता रमेश लेखकले जानकारी दिए ।

बैठकमा भएको छलफलबारे जानकारी दिँदै नेता रमेश लेखकले भने,‘बैठकमा कांग्रेसको आगामी महाधिवेशन समयमा नै सम्पन्न गर्ने विषयमा केन्द्रित भएर छलफल भएको छ ।’

बैठकमा निर्वाचन समितिको तयारी विषय र क्रियाशील सदस्यता छानविन समितिसँग सम्बन्धित विषयमा समेत छलफल भएको नेता लेखकले जानकारी दिए । त्यसबाहेक उपसभापति विमलेन्द्र नीधि नेतृत्वमा कांग्रेसले गठन गरेको समायोजन समितिले गरेका कामका बारेमा समेत छलफल भएको उनले जानकारी दिए ।

महाधिवेशनका लागि गठन भएको निर्वाचन समितिले समेत काम शुरु गरिसकेको र त्यसबारेमा समेत बैठकमा छलफल भएको नेता लेखकले जानकारी दिए ।

उनले भने,‘निर्वाचनसँग सम्बन्धित काम पनि अघि बढेको छ । निर्देशिका बनाउने काम पनि शुरु भएको छ । समायोजन समितिको अहिलेसम्मका काम र आगामी दिनमा कसरी काम गर्ने भन्नेबारेमा छलफल भएको छ ।’

क्रियाशील सदस्यता छानविन समितिका संयोजक समेत रहेका नेता लेखकले छानविनको काम अन्तिम चरणमा पुगेको र त्यसको प्रतिवेदन तयार हुने क्रममा रहेको समेत जानकारी दिए ।

आजको बैठकमा प्रतिवेदन बुझाउनका लागि सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग समय मागेको उनले बताए ।

उनले भने,‘क्रियाशील सदस्यता छानविन समितिले अन्तिम चरणमा काम लगभग सकिएको अवस्था छ । सभापतिजीसँग प्रतिवेदन बुझाउनका लागि समय मागेका छौं । भोलि वा पर्सीसम्म कुन दिन फुर्सद हुन्छ हामीले समय मागेका छौं ।’

नेता लेखकका अनुसार अहिलेसम्म देशभित्रका ८ लाख ५२ हजार क्रियाशील सदस्यको नाम टुंगो लागेको र विदेशस्थित जनसम्पर्क समितिसमेतबाट गरी आगामी महाधिवेशनमा करिब ९ लाखजति क्रियाशील सदस्य हुनेछन् ।

अहिलेसम्म ७५ जिल्लाको क्रियाशिल सदस्ययता लगभग टुंगोमा पुगेको भन्दै नेता लेखकले सप्तरी र बाराको क्रियाशील सदस्यताका बारेमा टुंगामा पुग्न नसकिएको र त्यसैअनुसार प्रतिवेदन तयार गर्ने क्रममा रहेको समेत जानकारी दिए ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ८ : २३ बजे

आज २०८३ साल भदौ ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण