घानीले देश छाड्दा राप्रपा अध्यक्ष थापाले गरे पूर्वराजा ज्ञानेन्द्रको प्रशंसा « Khabarhub

घानीले देश छाड्दा राप्रपा अध्यक्ष थापाले गरे पूर्वराजा ज्ञानेन्द्रको प्रशंसा


३२ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेको घटनालाई जोडेर राप्रपा अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको प्रशंसा गरेका छन्।

तालिबान बिद्रोही सत्ता कब्जा गर्नुअघि नै आइतबार राष्ट्रपति घानीले देश छाडेपछि थापाले ०६३ मा देशमा गणतन्त्रको स्थापना हुँदा पनि तत्कालीन राजा ज्ञानेन्द्रले देश नछाडेको प्रसंग उठाएका छन्।

‘तालिबानी बिद्रोहीले सत्ता कब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति देश छोडेर भागेको घटना देख्दा राजा ज्ञानेन्द्रप्रति मेरो सम्मान अझै बढेको छ,’ थापाले सोमबार बिहान ट्वीटरमा लेखेका छन्, ‘२०६३ पछि देश भित्रै रहेर देश र जनताको सेवामा समर्पित हुने राजा ज्ञानेन्द्रको निर्णय दूरदर्शी छ । राजा र राष्ट्रपतिबीचको फरक पनि यही हो।’

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ९ : ४० बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा