मलेसियाका प्रधानमन्त्री यासिनद्वारा राजीनामा « Khabarhub

मलेसियाका प्रधानमन्त्री यासिनद्वारा राजीनामा


३२ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर–मलेसियाका प्रधानमन्त्री मुहिद्दिन यासिनले सोमबार त्यहाँका राजालाई राजीनामा पत्र बुझाएका छन् । संसदमा बहुमत गुमाएपछि उनले राजीनामा दिएका हुन् ।

यासिन प्रधानमन्त्रीमा नियुक्त भएको १८ महिना मात्र पुगेको थियो । उनी गत वर्ष मार्चमा प्रधानमन्त्री बनेका थिए । २ सय २२ जना सांसद भएको संसदमा उनी कम बहुमत पाएर सत्तामा आएका थिए।

सरकारमा रहेको सबैभन्दा ठूलो पार्टी युनाइटेड मलेज नेशनल (युएमएनओ)ले यासिनलाई दिएको समर्थन फिर्ता गर्दै राजीनामा दिन दबाब दिएको थियो । यासिनले सेप्टेम्बरमा विश्वासको मत लिएर बहुमत भएको पुष्टि गरी देखाउने बताएका थिए ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  २ : २५ बजे

सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपियो

महेन्द्रनगर– सरकारले नेपाल–भारत सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपेको

युद्धविरामअघि ओडिसामा घातक हमला

किएभ– अर्थोडक्स इस्टरको अवसरमा घोषणा गरिएको अस्थायी युद्धविराम लागू हुन

संसद्‌मा प्रधानमन्त्री मौन रहनु स्वेच्छाचारी शासनको संकेत : महासचिव पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह जनताप्रति

यस्तो अवस्थामा छ जनकपुर चुरोट कारखाना (तस्बिरहरू) 

 जनकपुरधाम– लामो समयदेखि बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखाना पुनः

कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

बोगोटा– दक्षिण अमेरिकाका दुई छिमेकी मुलुक कोलम्बिया र इक्वेडरबीच जारी