विद्युत प्राधिकरणमा आफ्नो निरन्तरता माग गर्दै सर्वाेच्च पुगे शाक्य « Khabarhub

विद्युत प्राधिकरणमा आफ्नो निरन्तरता माग गर्दै सर्वाेच्च पुगे शाक्य


३२ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीबाट हटाइएका हितेन्द्रदेव शाक्यले आफ्नो पदको निरन्तरता माग गर्दै सर्वाेच्च अदालतमा रिट दर्ता गराएका छन् ।

उनले सोमबार प्राधिकरणको कार्यकारी निर्देशक पदमा फिर्ता हुन रिट दर्ता गराएको सर्वाेच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । शाक्यले प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति बदर गरी आफूलाई पदस्थापन गराउन माग गरेका छन् ।
उक्त रिटमा बुधबार सुनुवाइ हुने भएको छ ।

सरकारले शाक्यलाई ऊर्जा आयोगमा विशिष्ट श्रेणीमा सरुवा गरेर घिसिङलाई दोस्रो पटक प्राधिकरणको निर्देशक नियुक्त गरेको थियो ।

पूर्ववर्ती सरकारले शाक्यलाई गत माघ अन्तिम साता प्राधिकरणको कार्यकारी निर्देशक पदमा चार वर्षका लागि नियुक्त गरेको थियो ।

घिसिङको पदावधि सकिएपछि गत कात्तिकमा शाक्य कायम मुकायम कार्यकारी निर्देशक नियुक्त भएका थिए ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ६ : ०५ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको