विद्युत प्राधिकरणमा आफ्नो निरन्तरता माग गर्दै सर्वाेच्च पुगे शाक्य « Khabarhub

विद्युत प्राधिकरणमा आफ्नो निरन्तरता माग गर्दै सर्वाेच्च पुगे शाक्य


३२ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीबाट हटाइएका हितेन्द्रदेव शाक्यले आफ्नो पदको निरन्तरता माग गर्दै सर्वाेच्च अदालतमा रिट दर्ता गराएका छन् ।

उनले सोमबार प्राधिकरणको कार्यकारी निर्देशक पदमा फिर्ता हुन रिट दर्ता गराएको सर्वाेच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । शाक्यले प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति बदर गरी आफूलाई पदस्थापन गराउन माग गरेका छन् ।
उक्त रिटमा बुधबार सुनुवाइ हुने भएको छ ।

सरकारले शाक्यलाई ऊर्जा आयोगमा विशिष्ट श्रेणीमा सरुवा गरेर घिसिङलाई दोस्रो पटक प्राधिकरणको निर्देशक नियुक्त गरेको थियो ।

पूर्ववर्ती सरकारले शाक्यलाई गत माघ अन्तिम साता प्राधिकरणको कार्यकारी निर्देशक पदमा चार वर्षका लागि नियुक्त गरेको थियो ।

घिसिङको पदावधि सकिएपछि गत कात्तिकमा शाक्य कायम मुकायम कार्यकारी निर्देशक नियुक्त भएका थिए ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ६ : ०५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना