गोर्खा भूपू सैनिकको माग सम्बोधन गर्न एमाले सांसदको आग्रह « Khabarhub

गोर्खा भूपू सैनिकको माग सम्बोधन गर्न एमाले सांसदको आग्रह


३२ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का सांसद भीम रावलले गोर्खा भूपू सैनिक आमरण अनशनमा बस्दा उनीहरुको स्वास्थ्य अवस्था बिग्रिरहेकोले त्रिपक्षीय सम्झौता पुनरावलोकन गरी माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भूपू गोर्खाको सम्बन्धमा २०५५ र २०७७ सालमा सरकारलाई महत्वपूर्ण सुझाव दिएको तर त्यसबारेमा अहिलेसम्म जवाफ नआएको बताए ।

नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले १० दिनदेखि समान कामको असमान ज्यालालगायतका विषयमा आफ्ना माग राखेर गोर्खा भूपू सैनिक आमरण अनशनमा बसेको हुँदा उनीहरुको कामको योगदानको कदर गर्दै माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका हुन् ।

सांसद मोहनप्रसाद पाण्डेले पूर्व गोर्खाको शिर उच्च बनाउन भूमिका खेलेको हुनाले उनीहरुको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । उनले भाषा परीक्षा पास गरेका नागरिकलाई दक्षिण कोरिया जाने व्यवस्था मिलाउन आग्रह गरे ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ९ : ४५ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा