भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाको प्रगतिबारे समिक्षा  « Khabarhub

भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाको प्रगतिबारे समिक्षा 


३२ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल-भारत नवौं परियोजना अनुगमन समिति (ओभरसाइट मेकानिजम)को बैठकले भारतको सहयोगमा सञ्चालित विभिन्न परियोजनाहरुको प्रगतिबारे समिक्षा गरेको छ ।

भारतीय राजदूत विनय मोहन क्वात्रा र परराष्ट्र सचिव भरतराज पौड्यालको सहअध्यक्षतामा सोमबार काठमाडौँमा भएको बैठकले परियोजनाको प्रगतिबारे समिक्षा गरेको हो ।

बैठकमा विशेष गरी गोरखा र नुवाकोट जिल्लामा हाल निर्माणाधीन अवस्थामा रहेको तर छिट्टै निर्माण सम्पन्न हुन लागेका आवासको पुनर्निर्माण कार्यमा भइराखेको प्रगति, नेपालका तराई क्षेत्रमा निर्माण सम्पन्न भएका १३ वटा सडकहरु, भारत सरकारको सहुलियतपूर्ण ऋण अन्तर्गत सञ्चालित सडक र प्रसारण लाइन परियोजनाहरु र अरुण–तेस्रो परियोजनामा भइराखेको सन्तोषजनक प्रगति  लगायत  नेपालगञ्जमा सुरु गरिएको एकीकृत जाँच चौकीको निर्माण बारे चर्चा गरिएको थियो ।

परियोजनासँग सम्बन्धित विविध समस्याको निराकरण गर्न र परियोजना कार्यान्वयनलाई सहयोग पुर्‍याउन दुवै पक्षले नियमित समन्वयमार्फत ओभरसाइट मेकानिजमका निर्णयहरुमा अनुगमन गर्ने कुरामा सहमति जनाएका छन् ।

त्यसैगरी भारतले नेपाललाई उपलब्ध गराएको औषधी, चिकित्सकीय उपकरण, बेड, आइसियु, भेन्टिलेटर र खोप लगायतका कोभिड–१९ सँग सम्बन्धित सहकार्यको दुवै पक्षले सराहना गरेका छन् ।

बैठकले २०७७ भाद्र १ मा सम्पन्न भएको आठौं बैठक यता गरिएका द्विपक्षीय सहकार्य परियोजनाहरुको विस्तृत रुपमा समीक्षा गरेको हो। दुवै पक्षले विषयमा गहन छलफल गर्नुका साथै यी परियोजनाहरुको कार्यान्वयन प्रक्रियालाई तीव्रता दिनेमा सहमति जनाएका छन् ।

बैठकमा विभिन्न मन्त्रालय, विभाग र नेपाल सरकारका निकायहरुका प्रतिनिधि, भारतीय राजदूतावासका अधिकारी र परियोजनाको कार्यान्वयनमा संलग्न परामर्शदाता, ठेकेदार र अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ७ : ३७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै